इलाम: नयाँ वर्ष एउटा गन्तव्य

माधव घिमीरे ,२९ चैत, काठमाडौं । नयाँ वर्षको मौकामा कतै घुमघाममा जाने योजना बनाउनुभएको छ ? यदि हो भने तपाइँका लागि पूर्वको चर्चित जिल्ला इलाम एउटा रोजाइ हुन सक्छ । मौसम तातिन सुरु भइसकेको अवस्थामा यो जिल्लामा यतिबेला ठिक्क अवस्था छ । न जाडो, न गर्मी ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण, कृषिले उकासिएको जनजीवन, मिहीनेती बासिन्दाको पौरख, मौलिक सांस्कृतिक पक्षहरु, जैविक विविधताजस्ता पक्ष यो जिल्लाका आकर्षण हुन् । मुलुकमै चिया उत्पादनको आदि थलो इलाम अम्लिसो, अदुवा, अलैंची, अकबरे खोर्सार्नी, ओलन (दूध) उत्पादनमा पनि अग्रणी छ ।


Facebook Comment


No ads found for this position