पर्यटकको खोजी तीव्र

रसुवा, २९ चैत । गत फागुन २३ गतेदेखि लाङ्टाङ इलाका क्षेत्रको चेरकुरीबाट हराइरहेका डेनिसको खोजी तीव्र रुपमा अगाडि बढेको छ ।

जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसार्इंका अनुसार डेनमार्कका २६ वर्षीय मार्टिन उडसेन ओभरगार्ड हराइरहेका कारण दुई तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरी नेपाल प्रहरीले व्यापक रुपमा खोजी अगाडि बढाएको छ ।

नेपाल प्रहरीले लाङ्टाङलगायत पर्यटकीय सम्भावित ठाउँमा प्रहरी परिचालन गरिएको बताउँदै प्रसाईंले उनलाई देख्ने वा भेट्ने सबैले जिप्रका, रसुवाको फोन नं ०१०५४०१९९ वा १०० र नजिकको सुरक्षा निकायमा खबर गरिदिन आग्रह गर्नुभयो ।


Facebook Comment


No ads found for this position