विश्वकै अग्लो स्थानको पार्टी गर्न बेलायतका डिजे सगरमाथामा

२९ चैत, काठमाडौं । बेलायतका डिजे पाउल ओकेनफोल्डले ‘पृथ्वीमै सबैभन्दा उचाईको पार्टी’ आयोजना गर्ने ध्येयका साथ सगरमाथा आधार शिविरमा पुगेका छन् । सगरमाथाको ५ हजार ३ सय ८० मिटर अर्थात् १७ हजार ६ सय फिट उचाईमा सो पार्टी गर्ने उनको योजना छ ।

 

ग्रामी अवार्डमा तीन पटक मनोनयनमा परेका ५३ वर्षीयी कलाकार आफ्नो प्रख्यात इब्लिजा टि्रपको ३० औं वाषिर्कोत्सव मनाइरहेका छन् । यस टि्रपले १९६७ को पहिलो ‘समर अफ लभ’ यता बेलायती युवा संस्कृतिमा सबैभन्दा ठूलो क्रान्तिका रुपमा ‘सेकेन्ड समर अफ लभ’ को प्रस्फुटन गराएको थियो ।

म्याडोना र यू-२ सँग समेत सहकार्य गरिसकेका ओकेनफोल्डले मंगलबार आधार शिविरमा कार्यक्रम गर्ने तालिका छ ।

उनले यो शोलाई आफ्नो फेसबुक पेजमा लाइभ स्ट्रिम गर्नेछन् । ‘अहिले हामी यहाँ ध्वनी परिक्षण गरिरहेका छौं’ ओकेनफोल्डले सोमबार एएफपीलाई भने, ‘भोलीको शोका निम्ति हामी निकै उत्साहित छौं ।’

कार्यक्रमका लागि अडियो उपकरण बोकेर याक र भरियाहरुको टोलीसँग सगरमाथा आधार शिविरसम्मको १० दिने यात्रा गर्नुअघि आफूसँग पदयात्राको कुनै अनुभव नभएको डिजेले बताए । उनले नेपाल आउनुअघि चार महिनासम्म तालिम लिएका थिए ।

‘म यहाँसम्म सजिलै आइयो भनेर भन्दिनँ तर, यो निकै मजेदार यात्रा थियो,’ उनले भने, ‘मैले देखिरहेको दृष्य साँच्चै सुन्दर र प्रेरणादायी थियो ।’

ओकेनफोल्डलाई साथ दिइरहेका नेपाली डिजे रन्जन झानले भने, ‘धेरै स्रोताहरु सायद बसिरहेका हुनेछन् । यहाँ हावा निकै पातलो छ र चाँडै नै सास फेर्न असजिलो हुन सक्छ ।’

ओकेनफोल्डले नेपालमा २०७२ सालमा आएको भूकम्पका पीडितहरुको सहयोगार्थ रकम संकलन गर्नेसमेत योजना बनाएका छन् ।


Facebook Comment


No ads found for this position