उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा गोल्छा विजयी, हेर्नुस कसले कति मत ल्याए

काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले ६३ दशमलब ३० प्रतिशत मत ल्याएर निर्वाचित भएका छन्।
बस्तुगत वाहेक सबै समूहमा उनले किशोरकुमार प्रधानलार्इ उछिने।प्रधानले ३६ दशमलब ७० प्रतिशत मात्रै मत पाए।जिल्ला तथा नगरबाट उपाध्यक्ष भएका किशोरले ४२ प्रतिशत मात्रै मत पाए।
गोल्छाले जिल्ला तथा नगरबाट ६१ प्रतिशत मत पाए।सबैभन्दा बढी भार रहेको जिल्ला तथा नगरमा प्रधानले बढी मत ल्याउने अपेक्षा गरेका थिए।तर उनले यही समूहबाट अपेक्षा गरे अनुसार मत पाएनन्।
एशोसिएट समूहमा गोल्छा पहिलेदेखिनै बलियो थिए।एशोसिएट समूहबाट प्रधानले जम्मा ६ सय २७ मध्ये १ सय २३ मत मात्रै पाए।उनले यो समूहबाट ५ दशमलब ९० प्रतिशत मत पाए।यही समूहबाट गोल्छाले ५ सय ४ मत पाए।एशोसिएट समूहको तीस प्रतिशत मतभारका आधारमा गोल्छाले २४ दशमलब १० प्रतिशत मत पाए।