विराटनगर विमानस्थल वैशाख ३ देखि आशिक बन्द हुने

काठमाडौं— मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी वैशाख ३ देखि ३१ सम्म विराटनगर विमानस्थल आशिक रुपमा बन्द गर्ने भएको छ।

धावनमार्ग सुधार तथा मर्मत गर्नका लागि विमानस्थल दिउँसो ३ बजेबाट बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ। बिहानबाट दिउँसो ३ बजेसम्म भने विमानस्थलमा उडान–अवतरण यथावत सञ्चालन हुनेछन्।

निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले सदस्य कम्पनीलाई उडान तालिका परिवर्तन गरी यात्रुलाई सहज यात्रा गराउन आग्रह गरेको छ।


Facebook Comment


No ads found for this position