पर्यटक दौडमा २६० सहभागी

पोखरा, ३१ चैत । चौधौँ फेवा नव वर्ष महोत्सवअन्तर्गत आज भएको पर्यटक दौडमा २६० जना विदेशी पर्यटकले सहभागिता जनाएका छन् ।
‘रन फर फन’ नाम दिएर पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको सो प्रतियोगितामा फ्रान्सका भान जेमी प्रथम, अमेरिकाका वेकर द्वितीय र नेदरल्यान्डका जुरियन तृतीय भएका थिए ।

महिलातर्पmको प्रतिस्पर्धामा अमेरिकाकी एलिसन प्रथम, अमेरिकाकै एस्ले द्वितीय र अस्ट्रेलियाकी जेन तृतीय भएकी थिइन् ।

विजेतामध्ये प्रथमलाई पोखरा–काठमाडौं हवाइ उडानको टिकट, दोस्रोलाई आधा घण्टाको प्याराग्लाइडिङ उडानको टिकट र तृतीयलाई पोखरा–काठमाडौं यात्राको डिलक्स बसको टिकट दिइएको थियो ।

प्रतियोगितामा रसियाका एकजना अशक्त निकोले कोजेन्भिन्कोवले पनि वैशाखीको सहारामा दौड पूरा गरेका थिए ।

सहभागीहरू खहरेचोकनजिकै होटल पिस प्लाजा अगाडिबाट तीन किलोमिटर दक्षिणको फिस्टेल द्वारसम्म दौडिएका थिए ।


Facebook Comment


No ads found for this position