नयाँ वर्षमा मकवानपुरको दामन घुमफिरकोलागी उत्कृष्ट गन्तब्य हुनसक्छ।
दुरीको हिसाबले छोटो, खर्च पनि सस्तो तर प्रकृतिको सुन्दर दृष्य हेर्ने ठाउँको खोजीमा हुनुहुन्छ ? यदि यसो हो भने राजधानीसँगैको मकवानपुरको दामन घुमफिरकोलागी उत्कृष्ट गन्तब्य हुनसक्छ।
काठमाडौंबाट नजिकै रहेको र संसारकै अग्ला आठहरुको हिमालसहितको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ। काठमान्डौंको गर्मी उकुसमुकुस, धुलो धुवाँबाट एकदिन भएपनि छुटकरा पाउनको लागि उपयुक्त गन्तव्य हुनसक्छ । काठमाडौंबाट ८५ किलोमिटर दुरीमा रहेको दामन पुग्न विभिन्न सवारीसाधन सजिलै उपलब्ध रहेका छन ।काठमाडौंको उकुसमुकुस होस वा वीरगंजको उखरमौलो गर्मी यी सबैको समाधान दामन उतकृष्ट गन्तब्य बन्न सक्छ । सबै मौसममा घुम्नको लागि दामान उपयुक्त हुन्छ ।गुराँस फुलेर रातै भएको भञ्ज्याङ मात्र होइन शितलता यहाँको अर्को आकर्षण हो। संसारका आठ अग्ला हिमालको दृष्य पनि दामनबाटै देख्न सकिन्छ। जाडोमा हिमपातको प्रत्यक्ष अवलोकन र गर्मीमा लोभलाग्दो भञ्ज्याङले गर्दा जुनसुकै मौसमका लागि दामन उपयुक्त गन्तव्य हो।
कसरी जान सकिन्छ ? कति लाग्छ खर्च ?
काठमाडौंबाट दामन जान आफ्नै साधन वा प्याकेजबाट पनि जान सकिन्छ ।काठमाडौं, वीरगंजबाट दामन घुम्न चाहनेहरुको लागि विभिन्न ट्राभल प्याकेजको व्यवस्था भएको पाउन सकिन्छ । काठमाडौंबाट दामन पुग्नका लागि व्यक्तीको संख्या अनुसार साधनको व्यवस्था गर्नु पर्न भने प्रतिव्यक्ति एक हजार दुईसय रुपैयाँमात्रमा घुमफिरको राम्र्रै अनुभव संगाल्न सकिन्छ ।यति धेरै विषेशता भएको ठाउँमा जानको लागि वा त्यहाँ गएर बस्न कुनै समस्या खेप्नु पनि पर्दैन। यसको लागि दामन र सिमभञ्ज्याङ क्षेत्रमै विभिन्न उतकृष्ट रिसोर्टहरु संचालनमा रहेका छन् ।नयाँ वर्ष २०७४ लक्षित गरेर नेपालीहरुको लागि दामनका विभिन्न रिर्सोटहरुले अफरहरु समेत ल्याएका छन् । विभिन्न रिर्सोटहरुको आ–आफ्नै शुल्क रहेपनि एकदिनको लागि एउटा व्यक्तिको सबै शुल्क २ हजार ७४ रुपैयाँमा आनन्द लिन सकिन्छ ।।