व्यवसायीहरुका अनुसार नयाँ वर्षमा घुमफिरकालागी गन्तब्यहरु
नेपाली नयाँ वर्षको स्वागतार्थ पोखरा, चितवन, बर्दिया, कञ्चनपुर, मुगुको रारा सुदूरपश्चिनमा विभिन्न पर्यटकीय स्थानमा घुम्न तयारी भएरी भएको छ। विशेषगरी पर्यटकको चाप हुने पोखरामा फेवा नव वर्ष महोत्सव २०७४ सुरु भएको छ। पाँच दिने महोत्सव आगामी बैशाख २ गतेसम्म चल्नेछ। महोत्सवको अवसरमा संघले ‘जाउँ है पोखरा’ कार्यक्रमका प्याकेजहरु उपलब्ध गराउने भएको छ। प्याकेज अन्तर्गत घुमघाम, शैक्षिक भ्रमण, मधुमास र साहसिक प्याकेज समेटिएको संघले जानकारी दिएको छ। प्रतिब्यक्ति वा जोडीका लागि तीन हजार रुपैयाँदेखि २१ हजार रुपैयाँबीचको मूल्यमा प्याकेज बनाइएको छ भने फेवा तालमा बोटिङ, बञ्जी जम्प, अल्ट्रालाइट फ्लाइट, दृष्यावलोकन जस्ता विविध सुविधाहरु समेटिएको छ। पर्यटन, संस्कृति र खानालाई केन्द्रित गरी आयोजना हुने महोत्सवमा खानाका १५ र ४५ वटा ब्यापारिक गरी ६० स्टलहरु रहने आयोजकले जानकारी दिएको छ। विशेषगरि पोखराका नाम चलेका होटलव्यसायीहरुले नयाँ वर्षको उपलक्ष्यमा विशेष प्याकेजको व्यवस्था गरेको होटल माउण्ट कैलाशका व्यवसायी नरेश भट्टराईले जानकारी दिए।
‘पोखरा आउने आन्तरिक र बाह्य पर्यटकहरुको चाजोबाजो मिलाउन सम्पूर्ण होटल व्यवसायी अहिले तातेका छन्, उनले भने। युवा होटल व्यवसायी वैभव पौडेलका अनुसार अहिलेको नयाँ वर्षमा संचालनमा आउन नसकेको बगैचा अबको केही महिना पछि मात्र संचालनमा आउने भए पनि पोखरा आएर नयाँ वर्ष मनाउन चाहने सबै आन्तरिक र बाह् पर्यटकहरुलाई पोखरा सधै तयारी अवस्थामा रहने भएकोले सबैलाई स्वागत रहेको बताए। पोखरास्थित विभिन्न होटलहरुले नेपाली नयाँ वर्षलाई लक्षित गरि २ देखि २५ प्रतिशतसम्मको छुटको व्यवस्था गरेका छन्। पोखरा आएर नयाँ वर्ष मनाउन चाहने सवैलाई नयाँ वर्ष २०७४को शुभकामना समेत व्यक्त गरे।
बर्दियाका व्यवसायी मोहन थारूले नेपाली नयाँ वर्षमा आउने आन्तरिक र बाह्य सबै खाले पर्यटकहरुलाई आफूहरु स्वागत गर्न आतुर रहेको जानकारी दिए। बर्दियामा विशेष गरि थारु समुदायको चालचनल रितीथिती भेषभुसा,खानपीन चितवनको थारु समुदाय भन्दा भिन्न रहेको जानकारी दिदै बर्दियामा थारु समुदायी केन्द्रीत होमस्टेको राम्रो व्यवस्था रहेको जानकारी दिए। ‘नेपाली संस्कृति त छँदै छ त्यसबाहेक निकुञ्जमा बाह्रसिंगा, बाघ हेर्ने राम्रो अवसर रहेकोले शान्त बातावरणमा रमाउन आग्रह गर्दै विशेष गरी अहिलेको सिजनमा गर्मी अत्याधिक हुने भन्ने जुन भ्रम पर्यटकहरुमा रहेको छ त्यो एकदम गलत भएको बताए।
‘अहिलेको मौषम अन्त्यतै सित्तत रहेको र गर्मी हुन्छ भन्ने भ्रम मनमा नराखी निर्धक्क बर्दिया आउने आग्रह गरे। कञ्चनपुर पुगेर बाह्रसिंगा हेर्ने हो भने पर्यटकहरुका लागि अहिलेको सिजन उपयुक्त रहेको व्यवसायी पर्मानन्द भट्टराईले घुमफिरलाई जानकारी दिए।
कञ्चनपुरमा पछिल्लो समय स्तरीय होटल उल्लेखीय सख्यामा खुलेकाले बासस्थानको कुनै अफ्ठ्यारो नहुने दाबी उनको छ। विशेष गरि भारतीय पर्यटकहरुमा एक किसीमको त्रास रहेको पाईएको थियो नाकामा हुने अवरोध ,भारतीय रुपैया नचल्ने र भारतले लगाएको नाकाबन्दीको असरलाई दिएर तर त्यो पनी विस्तारै हट्दै गएको देखिएको उनले बताए। कञ्चनपुरमा विभिन्न रमणीय स्थलहरु लगाएत जंगल सफारीको राम्रो व्यवस्था रहेकोले परिवार सहित आउन चाहनेहरुलाई कञ्चनपुरका व्यवसायीहरुले स्वागत गर्ने बताए।
सुदूरपश्चिम घुम्न जानेका लागि सुदूरपश्चिम तयारी अवस्थामा रहेको होटल तथा पर्यटन व्यवसायी कृष्ण बहादुर महराले घुमफिरलाई जानकारी दिए। स्थनीय निकायको निर्वाचनको चटारो भए पनि सुदूर नयाँ वर्ष मनाउन आउने पर्यटकका लागि स्वागत गर्न आतूर रहेकोल छ। अहिले यहाँका होटलहरु भरिभराउ हुन्छन्। विशेष गरी चुनावी माहोललाई दिएर विभिन्न कार्यक्रमहरु हुने गरेको महराले घुमफिरलाई जानकारी दिए ।अहिले सुदूरका विभिन्न पर्यटकीय स्थानहरु घुम्न चाहनेहरुलाई यातायात हवाई यातायात र होटलहरुको व्यवस्थाले निक्कै राम्रो भएको र विगत भन्दा पर्यटकहरुको चाप बाक्लो भएको घुमफिरलाई जानकारी दिए ।
शंकरनगर बन विहार रुपन्देही व्यस्त दैनिक, कोलाहल, प्रदुषणबाट मुक्त चाहनेहरुको लागि एउटा राम्रो स्थानको रुपमा स्थापित भईरहेको पार्क हो रुपन्देही जिल्लाको शंकरनगरमा अवस्थित शंकरनगर वन विहार एण्ड रिर्सच सेन्टर। नयाँ वर्ष मनाउने नयाँ गन्तब्य यो पनि बन्न सक्छ । प्रयाप्त पर्यटकीय संभावना भएको यो क्षेत्र बनभोज स्थलको रुपमा परिचित छ। यहाँका बगैँचा, चिडियाघर, पार्क, बाल उद्यान लगाएतका विविध संरचनाहरुले गर्दा पार्कको अवलोकन गर्न दैनिक विभिन्न ठाउँबाट पर्यटक आउने गर्दछन्। पार्कमा विवाह, पिकनिक लगायतको सिजनमा एक दिनमा विभिन्न ठाँउबाट १०० भन्दा बढी समूह बनभोजका लागि आउने गर्छन्। बालकदेखि बृद्धासम्म यस ठाउँमा घुम्न, बनभोज गर्न मात्र होइन बिबाह, ब्रतबन्ध लगाएतका धार्मिक कार्यको लागि समेत आउने गर्छन्। यहाँ रहेको चिडिया घर, बाल उद्यान बालबालिकाहरुको आकर्षण को रुपमा रहेको छ।