थापाले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने

पूर्वसचिव किशोर थापाले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आफ्ना केन्द्रीय संयोजन समितिका सदस्य थापाले मेयरका लागि स्वतन्त्र उमेदवारी दिने निर्णय गरेको साझा पार्टीले जनाएको छ । ‘थापाजस्तो इमान, जमान, क्षमता र सदाचारका लागि कहलिएका व्यक्ति देशकै राजधानीको मेयरका लागि साझा पार्टीको समर्थनमा स्वतन्त्र उमेदवारी दिन तयार हुँदा हामी अत्यन्तै उत्साहित भएका छौं’ साझा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । दल दर्ता नभएकाले स्थानीय तहको निर्वाचनमा पार्टीगत सहभागिता जनाउन नपाउने साझा पार्टीले थापाको स्वतन्त्र उम्मेदवारीमा समर्थन गरेको हो । सहरी विकास, शिक्षा, पर्यटनलगायत मन्त्रालयमा सचिवको जिम्मेवारी निभाइसकेका आर्किटेक्ट इन्जिनियर थापा बाग्मती सरसफाइ अभियानमा सक्रिय छन् ।।


Facebook Comment


No ads found for this position