ओखलढुंगा पर्यटन महोत्सव उद्घाटन गर्न राष्ट्रपति विद्या देवी भण्डारी ओखलढुंगामा

ओखलढुंगामा पर्यटन महोत्सव उद्घाटन गर्न राष्ट्रपति विद्या देवी भण्डारी शुक्रबार ओखलढुंगा पुगेकी छन्।

राष्ट्रपति भण्डारीले पर्यटन प्रवर्द्धनका लागि प्रथम थोलेदेम्बा पर्यटन महोत्सव उद्घाटन गर्दै भूकम्पले क्षति पुर्‍याएको पर्यटकीय संरचनाहरु पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताइन्। ‘पर्यटनको दिगो विकास र भावी पुस्तालाई हाम्रो आफ्नै सांस्कृतिक धरोहरको परिचय गराउनसमेत भूकम्पबाट क्षति भएका सबै संरचनाहरुलाई पुरानै ढाँचामा पुनर्निर्माण गर्नुपर्ने बताउँदै दुई वर्षअघिको भूकम्पले क्षति पुगेका मन्दिर, गुम्बा र सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण गर्न हामी सबैले ध्यान दिनुपर्ने बताइन्। समग्र विकासका लागि सांस्कृतिक र पुरातात्विक स्थलको जगेर्ना गर्नुपर्ने र पर्यटनमा यसको ठूलो भूमिका रहने पनि उनले बताइन्। बढ्दो सहरी करण औद्योगीकरण र प्रदूषणले गर्दा पर्यटकीय पदमार्ग प्रमुख आकर्षण बन्न थालेको बताउँदै भण्डारीले कृषि, पर्यटन र ऊर्जाको प्रचुर सम्भावना बोकेको ओखलढुंगा पर्यटकीय पदमार्गहरुको विकास गर्नुपर्ने बताइन्। कार्यक्रममा एमाले महासचिव ईश्वर पोख्रेल, कांग्रेस नेत्री सुजाता कोइराला, सांसद यज्ञराज सुनुवार, रामहरि खतिवडा, हर्कबोल राई र शकुन्तला राजभण्डारी, टानका अध्यक्ष चन्द्र रिजाल लगायतले शुभकामना व्यक्त गरेका थिए। ३ वैशाखसम्म चल्ने महोत्सवले ओखलढुंगाको पोकली ९थोलेदेम्बा ९पिके पर्यटन पदमार्ग घोषणा तल्लो खुम्बु पर्यटन पदमार्गको समेत घोषणा गरिने बताइएको छ। पर्यटकीय पदमार्ग तथा गन्तव्यको रुपमा विकास गर्न जिल्लाकै सबैभन्दा अग्लो भनिएको देम्बामा महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक देण्डी शेर्पाले बताए। समुद्री सतहदेखि ३ हजार १ सय ५० मिटरको उचाइमा अवस्थित थोलेदेम्बामा दुई लाख पर्यटक महोत्सव अवधिमा भित्र्याउने लक्ष्य रहेको आयोजकले बताएको छ।


Facebook Comment


No ads found for this position