लमजुङ जिल्लाका विभिन्न गाउँ पर्यटकले भरिभराउ ,व्यवसायी उत्साहित

लमजुङ। जिल्लाका विभिन्न गाउँ पर्यटकले भरिभराउ भएका छन् । नयाँ वर्ष मनाउन आएका पर्यटकले ती गाउँ  पर्यटकले भरिभराउ भएका हुन ।

घलेगाउँ, काउलेपानीलगायत गाउँमा घरबास, प्राकृतिक दृष्यावलोकका लागि पर्यटक आउन थालेका छन् । घलेगाउँमा बिहीबार मात्रै दुई सय ५० भन्दा बढी पर्यटक आएको घलेगाउँ पर्यटन विकास समितिका सचिव आशवीर गुरुङले बताए । उनले आएका पर्यटकलाई ठाउँ नपुगेर नजिकका छिमेकी गाउँमा पठाएको बताए।

“गाउँमा आएका सबै पर्यटकलाई राख्न सकिएन, केहीलाई भुजुङ, घनपोखरातिर पठाउन बाध्य भयौँ,” उनले भने।यसैगरी काउलेपानी सोत पर्यटकले भरिभराउ भएको छ । काउलेपानी पर्यटन सूचना केन्द्रका सचिव कवीन्द्र गुरुङका अनुसार गाउँका सबै होमस्टे  पर्यटकले भरिएका छन् ।

“कुनै घर खाली छैन, हामीलाई भ्याइनभ्याई भएको छ,” गुरुङले भने । दुई सयभन्दा बढी पर्यटक काउलेपानीमा वनभोज गर्न आएका उनले बताए।
सदरमुकाम बेँसीसहर नजिकैको खासुरका होमस्टे पर्यटकले भरिएका छन् ।

यसैगरी खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेन रहेको खानीगाउँमा समेत पर्यटकको ओइरो लागेको स्थानीयवासीले बताएका छन् । नयाँ वर्षको अवसरमा यहाँ थप पर्यटक आएका छन् । नयाँ वर्षको दिन सार्वजनिक बिदा र भोलिपल्ट शनिबार परेकोले पर्यटकको चाप बढेको हो ।

गाउँमा पर्यटकको चाप बढेपछि स्थानीयवासी खुसी भएका छन् । यहाँको बासिन्दाको मुख्य पेसा कृषि र पर्यटन हुन् ।


Facebook Comment


No ads found for this position