उपत्यकाको प्रदूषण ह्वात्तै बढ्यो, स्वास्थ्यका लागि चौबीसै घन्टा खतरा

४ वैशाख, काठमाडौं । असोजयता उपत्यकाको प्रदूषण मात्रा पटकपटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ ।

तर, उपत्यकाको हावामा पार्टीकुलेट म्याटर (पिएम) २.५ को मात्रा २ सय माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि पुगेको तथ्यांक छ । औषतभन्दा प्रदूषण मात्रा बढी (हानिकारक अवस्था) हुँदा सास फेर्नै सकस हुन्छ । पुस, माघ, फागुनको अधिकांश समयमा उपत्यकाबासीले मापदण्डभन्दा पाँच गुणा बढीसम्म प्रदूषणको सकस भोग्नुपर्यो । राष्ट्रिय मापदण्डभन्दा दोब्बर प्रदूषणको मात्रा त उपत्यकाको हावामा २४ घन्टा रहेको छ ।


Facebook Comment


No ads found for this position