Free Slot Machines With Free Spins No Deposit Canada: What greets them is a guarantee of a difficult course to play, scores at and over par, and some of the stiffest competition on the planet.
  • Applepay Casino Login App - Also, all beginners have access to a welcome package (in Cobber casino, a bonus code is not required to activate this offer).
  • Winaday Casino Bonus Codes 2025: Her criticism is that allowing offshore operators to provide gaming services would put players at risk and stymie efforts to control gambling addiction.
  • Grand monarch slot machine

    Free No Deposit Registration Bonus Australia Online Casino
    You can register for free and play for both real money and for free at both sites.
    Card Game Spades Free Ireland
    However, some professional leagues and the NCAA filed a lawsuit alleging that NJ had violated the 2024 Professional and Amateur Sports Protection Act.
    But these limitations sometimes don't work when you want to withdraw your jackpot, for example.

    2024 Crypto Casino and slot machine games tax

    Hilton Casino No Deposit Bonus Codes For Free Spins 2025
    Ugly to look at, cheaply made, and full of unoriginal elements, Choy Sun Doa is a lazy piece of work.
    Blackjack Strategy Canada Casinos
    The game- superbly is also its able with graphics and even advanced levels of course, with many up to ensure and frequent-spinning a slot machine goes-style in order to its time.
    Minimum Deposit 5 Dollar Casino

    लुम्बिनी आउने पर्यटकको संख्या बर्सेनि बढ्दै

    लक्ष्मण पोखरेल 

    बुटवल : बुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्या बर्सेनि बढ्दै गए पनि पर्यटकको बसाइँ लम्बिन सकेको छैन । लुम्बिनी आउने पर्यटकको बसाइँ लामो नहुँदा पर्यटन व्यवसायमा लक्ष्यअनुरूप फाइदा हुन नसकेको पर्यटन व्यवसायीले बताएका छन् ।लुम्बिनी आउने पर्यटक बढीमा ४५ मिनेटमात्रै लुम्बिनी बस्ने गरेको प्रारम्भिक अध्ययन छ । भारतीय टुरगाइडका साथ स्थल मार्ग हुँदै आउने पर्यटक लुम्बिनीमा धेरै समय नबस्ने गरेका हुन् । हवाई मार्गबाट आउने पर्यटकले भने कम्तीमा एक रात भए पनि लुम्बिनीमा बिताउने गरेका छन् ।

    पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ भन्नुहुन्छ, ‘पर्यटकको बसाइँ लम्बाउने विषयमा सरकारी तबरबाट काम हुन सकेन । भारत हँदै आउने पर्यटक खाजा खान पनि भारत नै पुग्छन् ।’ लुम्बिनीमा बौद्धसम्बन्धी सांस्कृतिक कार्यक्रम गर्ने हो भने पर्यटकलाई एक दिन भए पनि बसाल्न सकिने उहाँको भनाइ छ ।
    लुम्बिनी विकास कोषले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा तिलौराकोटसम्म पुर्‍याउने योजना बनाएको थियो । तर, त्यसका लागि प्रभावकारी काम हुन सकेन । अहिले लुम्बिनी आउने पर्यटकमध्ये बढीमा १५ प्रतिशत मात्रै तिलौराकोट पुग्ने गरेका छन् । कपिलवस्तुको तिलौराकोटमा गौतम बुद्धले सुरुका २९ वर्ष बिताउनुभएको थियो । त्यहाँ राजा शुद्धोधनको दरबारको भग्नावशेष उत्खनन्का क्रममा भेटिएको छ।

    लुम्बिनीमा पछिल्लो समय तेस्रो मुलुक र भारतबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । पछिल्लो तीन महिनामा मात्रै ६० हजार चार सय ७५ पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् । यो संख्या गएको वर्ष यही समयको तीन महिनामा आएका पर्यटकको संख्याभन्दा १२ हजारले बढी हो ।विकास कोषका टुरगाइड अधिकृत मुकुन्द गौतमका अनुसार जनवरीदेखि मार्चसम्म सन् २०१६ मा ४८ हजार तीन सय ३७ पर्यटक लुम्बिनी आएका थिए । त्यस्तै त्यसको तीन वर्षअघि सन् २०१३ मा ४९ हजार आठ सय २१ पर्यटक लुम्बिनी आएका थिए । गएको वर्ष मधेश आन्दोलनका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।

    सन् २०१६ मा मात्रै तेस्रो मुलुकका एक लाख ३६ हजार पर्यटक लुम्बिनी आएका थिए । तीमध्ये सबैभन्दा बढी श्रीलंकाका पर्यटक छन् । गएको वर्ष भारतीय पर्यटकको संख्या एक लाख ३४ हजार बढी पर्यटक लुम्बिनी आएका थिए । आन्तरिक पर्यटकको संख्या १० लाख १५ हजार छ । लुम्बिनी घुम्न आएर मायादेवी मन्दीरमा प्रवेश गर्ने टिकटका आधारमा पर्यटकको संख्या गणना भएको हो । तेस्रो मुलुक र भारतीयले टिकटबाट प्रवेश अनुमति पाउँछन्।

    लुम्बिनी आउने पर्यटकको केही प्रतिशत कोषभित्र रहेका विहारमा बस्ने गरेका छन् । यसले होटेल व्यवसायीलाई प्रत्यक्ष मार परेको छ । संस्कृतिविद् डा. गीतु गिरी लुम्बिनी गुरुयोजनासँगै लुम्बिनी अञ्चलकै विकास हुन नसक्दा पर्यटकले लुम्बिनीमा धेरै समय बिताउन नचाहेको बताउनुहुन्छ । ‘विकास कोषमा सधैं राजनीतिकरण भयो, यसले गुरुयोजना मात्रै होइन, समग्र लुम्बिनी अञ्चलकै विकास अवरुद्ध पार्‍यो’, उहाँ भन्नुहुन्छ ।लुम्बिनीमा पर्यटकको बसाइँ बढाउन विहान या साँझमा बृहद बौद्ध संस्कृतिको प्रदर्शन गर्ने व्यवस्था गरिनुपर्ने सुझाव छ । नेपाली टुरिष्ट गाइडको व्यवस्था नहुनु, भारतीय गाइडले तिलौराकोटको विषयमा जानकारी नदिने र मायादेवी मन्दिर मात्रै घुमाएर फर्काउने गर्दा पर्यटकको बसाइँ लम्बिन नसकेको जानकार बताउँछन् । हवाई मार्गबाट आउने पर्यटकको संख्या वृद्धि भए लुम्बिनीका होटेल पर्यटकले भरिने कोषका टुरगाइड गौतम बताउनुहुन्छ ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य पर्यटकलाई आवागमन बढाउन र धेरै समय बिताउने गरी बसाइँको व्यवस्था गर्न कोषले काम गरिरहेको बताउनुहुन्छ ।लुम्बिनीमा मायादेवी मन्दिर र विहार हेर्नेबाहेक अरु संस्कृति देखाउनेस्थल निर्माण गरिएको छैन । संस्कृति झल्किने कार्यक्रम नियमित गर्दा पर्यटकको बसाइँ लम्बिन सक्ने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह बताउनुहुन्छ । ‘विकास कोषले पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम नबनाए विमानस्थलपछि आउने पर्यटकको संख्या लक्ष्यअनुरूप नहुन सक्छ’, उहाँले भन्नुभयो ।साभार अन्नपुर्ण

    जनवरीदेखि मार्चसम्म तेस्रो मुलुकबाट लुम्बिनी आएका पर्यटक
    वर्ष संख्या
    २०१७ -६०,४७५
    २०१६ -४८,३२७
    २०१५ -५१,५५४
    २०१४ -४६,४९६
    २०१३ -४९,८२१
    स्रोत : लुम्बिनी विकास कोष


    Facebook Comment


    No ads found for this position