चुनावबारेको अभिव्यक्ति विवादमा परेपछि

५ वैशाख, काठमाडौं । वैशाख ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्ने प्रमुख दायित्वकर्ता उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको अभिव्यक्तिले स्थानीय तहको निर्वाचनलाई अन्योल बनाएको छ ।
स्थानीय तहको निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट देखिँदै आएका उपप्रधान तथा गृहमन्त्री निधिले निरन्तर रुपमा दिइरहेका अभिव्यक्तिका कारण निर्वाचनबारे अन्योल बढाउँदै लगेको हो । आइतबार मध्यरातमा गरेको ट्विटपछि त गृहमन्त्री निधिको नेतृत्वमा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन हुने आशंका पनि थपिँदै गएको छ ।

निधिले आइतबार राति गरेको ट्विट विवादमा परेपछि सोमबार एक विज्ञप्ति निकालेर आफ्नो भनाइ सच्याएका छन् । निधिले अंग्रेजी भाषामा गरिएको ट्विटको मूल आशय आन्दोलनरत मधेसी मोर्चासँग वार्ताको माध्यमबाट निर्वाचनको वातावरण बनाउन आवश्यक छ भन्ने रहेको प्रष्ट्याए सामाजिक सञ्जालमा उनको चर्को विरोध भइरहेको छ ।


Facebook Comment


No ads found for this position