Hohensyburg Casino Bonus Codes 2025: Tunica is about 40 miles south of the Memphis, Tennessee, metropolitan area.
  • Uk Slot Machines - Sports fans, rejoice because your casino games have arrived.
  • New Casino Free Bonuses No Deposited: Just make a combination of three or more identical symbols on one active line.
  • The mummy 2024 slot online real money no deposit bonus

    Playtech Roulette Ireland
    When visiting a casino online, mobile players can cut to the chase.
    Casino That Accepts Direct Banking Deposits
    Make sure you read the complete list of pokies available in the promotion at Casumo and that you check out the terms and conditions as well before participating.
    Thats the way it should appear, we believe.

    Shaking tree slot machine

    Lowest Wagering Requirements Casino United Kingdom
    Collect VIP Tickets, the scatter is the symbol.
    The Sun Play Casino Login App
    Jackpot Happy is a good-looking modern online casino that has an aesthetically pleasing blue and amber theme running throughout.
    Neteller Online Casinos Canada

    ऐतिहासिक सांस्कृतिक स्थल : जनकपुर

    हदिश खुद्दार

    नेपालको ऐतिहासिक सांस्कृतिक स्थल हो जनकपुर । ऐतिहासिक महत्व बोकेका कारण नेपालको आन्तरिक पर्यटक मात्र होइन, विदेशीको समेत भिड लाग्ने गरेको छ । राजा जनक र उनकी छोरी सीताको जन्मभूमि हेर्न बर्सेनि उल्लेख्य संख्यामा पर्यटक जनकपुर आउने गरेका छन् । जनकपुरले नेपाल र भारतलाई जनस्तरमा सांस्कृतिक र भावनात्मक रूपले जोडेकाले बर्सेनि भारतीय पर्यटक ठूलो संख्यामा आउने गरेका छन् ।धार्मिक पर्यटनको केन्द्र
    इतिहासमा सबभन्दा बढी जनताको पीडा बुभ्mने राजा जनकको राज्यको राजधानी हो जनकपुर । जनकपुरसँग लोकतन्त्रको लामो अनुभव छ । राज्यमा खडेरी पर्दा राजा जनकले प्रजाको समस्या निवारणका लागि आफैँले हलो जोत्ने क्रममा सीता अर्थात् आदि शक्तिको जन्म भएको धार्मिक विश्वास छ  ।

    मध्य नेपालको दक्षिणमा अवस्थित जनकपुरमा बर्सेनि करिब २५ लाख आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् । जनकपुरस्थित विदेह मिथिला पर्यटन प्रवद्र्धन क्षेत्र विकास कार्यालयका प्रमुख सत्यनारायण साहका अनुसार विवाहपञ्चमी, रामनवमी, जानकी नवमीलगायत अवसरमा तीर्थयात्री र पर्यटक उल्लेख्य संख्यामा आउने गरेका छन् । भारतका विहार, महाराष्ट्र, दिल्ली, राजस्थान, युपी, गुजरात, बंगाललगायत स्थानबाट उल्लेख्य संख्यामा पर्यटक आउने गरेको जनकपुर होटेल व्यवसायी संघका अध्यक्ष दशरथ साह बताउँछन् । उनका अनुसार भारतबाहेक अमेरिका, जापान, चीन, इन्डोनेसिया, फ्रान्स, श्रीलंकालगायत देशबाट पर्यटक जनकपुर आइरहेका छन् । यद्यपि जनकपुरको बृहत् सम्भावनाका हिसाबले यो संख्या न्यून हो ।

    महर्षिहरूको तपोभूमि
    धर्म, संस्कृतिमा निकै धनी छ जनकपुर । करिब ५ हजार वर्षदेखि जनकपुरले धर्म संस्कृति तथा दैनिक दर्शनको शिक्षा र सन्देश प्रवाह गरिरहेको छ । हिन्दूहरूको श्रद्धा र आस्थाको ग्रन्थ ऋग्वेदको प्रथम मण्डलको पुस्तक यहाँ लेखिएको मानिन्छ । ऋग्वेद संसारकै सबभन्दा पुरानो र उत्कृष्ट ग्रन्थ हो ।

    वरिष्ठ साहित्यकार तथा मिथिला संस्कृतिका विज्ञ डा. राजेन्द्र विमलको भनाइमा धर्म–संस्कृति, भौगोलिकता, आर्थिक स्रोतसाधन तथा राजनीतिक अनुभवले परिपूर्ण जनकपुरको सम्बन्ध मानव सभ्यताको विकासदेखि नै जोडिएको छ । ‘मिथिला संस्कृतिको केन्द्रबिन्दु, ऋषिमुनिको तपोभूमि, अष्टावक्र, गार्गी, विद्यापतिलगायतको ज्ञानभूमि हो जनकपुर,’ विमल भन्छन् । जनकपुरको आफ्नै भाषा मैथिली हो भने लिपि तिरहुत हो ।

    संसारका ६ पूर्वीय दर्शनमध्ये न्याय दर्शन महर्षि गौतमले जनकपुरमा लेखेका हुन् । विश्वका सर्वोत्कृष्ट दुई सभ्यता लुम्बिनी र सम्पूर्ण आर्यावर्त हो । डा. विमलको भनाइमा सम्पूर्ण आर्यावर्तको केन्द्र जनकपुर हो । आर्यावर्तमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, इराक, इरानलगायतका मुलुक पर्छन् ।

    जनकवंशीय राजाहरूमा सबभन्दा लोकप्रिय प्रतापि तथा दार्शनिकमध्ये जानकीका पिता शिरध्वज जनक थिए । उनको दरबारमा ऋषि–महर्षि आएर शास्त्रार्थ गर्थे । याज्ञवल्क्य, अष्टवक्र, शुकदेवजस्ता दार्शनिक विद्वान्लाई दरबारमा बोलाएर दार्शनिक तत्वज्ञानबारे जनकले महिनौँसम्म शास्त्रार्थ चलाउने गरेका थिए । शास्त्रार्थमा उल्लेख भएअनुसार राजा जनकले विजयी विद्वान्हरूलाई पुरस्कृत गरी पठाउँथे । राजा शिरध्वज जनक ‘सर्वे भवन्तु सुखिन र सर्वे भवन्तु निरामया’को पक्षपाती थिए । प्राचीन त्रेतायुगीन मिथिला निकै विशाल र विस्तृत थियो भन्ने कुरा विष्णु पुराणमा उल्लेख छ ।

    व्यापक मिथिला
    प्राचीनकालमा मिथिला उत्तरमा हिमाल, दक्षिणमा गंगा, पूर्वमा कोसी र पश्चिममा गण्डक नदीसम्म फैलिएको थियो । तर, पटक–पटकको विभिन्न खाले अतिक्रमणका कारण मिथिलाको क्षेत्रफल संकुचित हुँदै गएको छ । ‘मिथिला कहिले भारतको दरभंगा, कहिले वैशाली तथा गोर्खाको अधीनमा थियो, तर रक्तपात र हिंसालाई यो भूमिले कहिल्यै पनि प्रश्रय दिएको पाइँदैन,’ मिथिला इतिहास र संस्कृतिका अध्येता डा. विमल बताउँछन् ।

    मिथिला संस्कृतिको केन्द्रबिन्दु जनकपुरको लोकगाथा, नृत्य, भाषा, पहिरन, भोजन तथा रहनसहन भिन्न छ । जनकपुरको छठ, जनकपुरमा मनाइने दसैँ, रामजानकी विवाह महोत्सव, होली, इदलगायत पर्व उल्लेखनीय छन् ।

    जनकपुर हिन्दू, मुस्लिम, बौद्ध तथा जैन धर्मको संगमस्थल पनि हो । विश्वप्रसिद्ध जानकी मन्दिर, राम मन्दिर, तथा दक्षिण एसियाकै सबभन्दा ठूलो रामानन्दीय प्रवेशद्वारले जनकपुरको सांस्कृतिक परिचय अझ विस्तार भएको छ ।

    मठ–मन्दिरले ओतप्रोत
    जनकपुरधामको ऐतिहासिक एवं पौराणिक महत्वबारे विभिन्न धार्मिक ग्रन्थमा सन्तहरूको उद्गम स्थल, साधना भूमि, मनले चिताएको फल प्राप्त हुने स्थलको रूपमा व्याख्या भएको पाइन्छ । मठ–मन्दिरको सहर भन्दा हुने जनकपुरमा मन्दिर, कुटी र पोखरीको संख्या धेरै छ । यहाँका जानकी मन्दिर र राम मन्दिर सबैभन्दा बढी प्रसिद्ध छन् ।

    मुगल शैलीमा निर्मित तीनतले जानकी मन्दिरलाई अंग्रेजीमा सीता प्यालेस, हिन्दीमा सिसमहल र बोलचालको भाषामा नौलखा मन्दिर भनिन्छ । महात्मा शूरकिशोर दासद्वारा स्थापित जानकी मन्दिर १९६८ मा निर्माण गरिएको थियो । भारतको मध्यप्रदेश राज्य टिकमगढकी रानी वृषभानु कुँवरले आफ्ना श्रीमान् राजा प्रताप सिंहलाई अनुरोध गरी १९६८ सालमा मन्दिर निर्माण गराएकी थिइन् । जानकीको पूजा–आराधनाले पुत्ररत्न प्राप्त भएकाले भाकल गरेअनुसार त्यतिवेला नौ लाख खर्च गरेर मन्दिर निर्माण गराएका थिए । त्यसैले यो नौलखा मन्दिरको नाममा प्रसिद्ध छ ।

    विवाहमण्डप जनकपुरको अर्को आकर्षण हो । उक्त मन्दिरभित्र तहखाना रहेको छ । तहखानामा प्राचीन मूर्ति, पहिरन, खेलौना, आभूषणसहित दुर्लभ सामग्री राखिएको छ । मन्दिरपरिसरमा पश्चिमतर्फ राजर्षि जनकसहित उनका परिवारका मूर्तिहरू, आन्तरिक शृंगार मण्डप, हिन्दू वस्तु, ढाँचाअनुसार मन्दिर निर्माण गरिएको छ । मन्दिरको उत्तरतर्फ २४ सै घन्टा अखण्ड सीताराम जप भइरहेको हुन्छ । जसले आन्तरिक पर्यटक प्रवद्र्धनका लागि विशेष महत्व राख्छ । जानकी मन्दिर नजिकै उत्तरतर्फ विवाहमण्डप छ ।

    प्यागोडा शैलीको विवाहमण्डप तत्कालीन राजा वीरेन्द्र शाहको पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको भ्रमण हुँदा विसं २०४१ मा निर्माण गरिएको थियो । यस विवाहमण्डपमा भगवान् राम, सीताको स्वयंवर हुँदाका वेला उपस्थित भएका राजा जनक, दशरथ, ऋषिमुनि, वाल्मीकि, भरत , शत्रुधन, सुनैना, कैकेयीलगायत १२५ देवीदेवताका सिंगमर्मरका मूर्ति प्रतिस्थापित छन् ।

    विवाहमण्डमा प्रवेश गर्न पाँच रुपैयाँ प्रतिव्यक्ति शुल्क राखिएको छ । हुन त त्रेतायुगमा भागवान् राम र सीताको विवाह भएको स्थल जानकी मन्दिरभन्दा तीन किलोमिटर जनपा–१३ अन्तर्गत पर्छ, जसलाई मनिमण्डपको नामले बढी चिनिन्छ । मनिमण्डप पहाडको टिस्टो (अग्लो) जस्तो देखिन्छ । त्यसको वरिपरि गोरघोईलगायत ५ पोखरी छन् । राम–सीताको विवाह भएका वेला यी पोखरी वैवाहिक विधि भएको जनविश्वास छ । जानकी मन्दिरभन्दा पनि पुरानो मन्दिरको रूपमा राम मन्दिरलाई लिइन्छ । विसं १८३९ मा तत्कालीन राजा रणबहादुर शाहको पालामा जनरल अमरसिंह थापाले राम मन्दिरको निर्माण गराएका थिए । प्यागोडा शैलीको राम मन्दिरमा प्र्रचीन समयका पञ्चायतन मूर्तिहरू दर्शनीय छन् । यस मन्दिरका पुजारी सन्न्यासी हुने चलन छ । राम मन्दिरपरिसरमा माता राजदेवीको मन्दिर पनि छ । पिँढीको प्रतिकलात्मक रूपमा राजदेवीमा दसंैका वेला ठूलो मेला लाग्ने गर्छ । अष्टमी तिथिको अवसरमा हजारौँ बोकाखसीको बलि दिने चलन छ ।

    जनकपुरको मुटु जनकचोकमा जनक मन्दिर रहेको छ । मन्दिर सानो आकारको भए पनि यसले धार्मिक, पौराणिक एवं ऐतिहासिक महत्व बोकेको छ । जनक मन्दिरलाई पनि जनरल अमर थापाले नै १८३९ मा निर्माण गराएका थिए । त्यस्तै जनकपुरका प्रसिद्ध स्थलमध्ये रत्नसागर पनि एक हो । विसं १९३४ मा निर्माण भएको यो मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्रको रूपमा रहिआएको छ । सो स्थानको पश्चिमी डिलमा आष्टावक्रको प्रतिमासमेत रहेको छ । सो प्रतिमा रत्नसागरको पानी लिई घर्षण गर्दा हातबाट बास्ना आउने गरेको मन्दिरका महन्थ वैकुण्ठ दासले बताए ।

    जनकपुरको ऐतिहासिक रंगभूमि मैदान, जहाँ भागवान् रामले सीतालाई पाउन धनुष उठाउँदा भाँचिएको थियो । सो स्थलको छेउमै भागवान् हनुमानको मन्दिर छ । शनिबार र मंगलबार सो मन्दिरमा दर्शनार्थीको भिड लाग्ने गरेको छ । यहाँका दुलाहा, दुलही मन्दिरको पनि छुट्टै विशेषता रहेको छ । यस मन्दिरमा रामसीताको मूर्र्ति यसरी प्रतिस्थापित गरिएको छ । त्यो मूर्तिलाई जताबाट हेरे पनि रामसीताको सयौँ मूर्ति एकैचोटि देखिन्छ । यसका साथै विहार कुण्ड, अग्नि कुण्ड, साकेत धाम, सुन्दर सदन, श्रीगार कुञ्जलगायत दर्जनाँै मठ–मन्दिर हेर्न पर्यटक आउने गरेका छन् ।जनकपुरधामका ७२ सरोवर
    जनकपुरमा गंगासागर, धनुषसागर, अंगराज सर, वाल्मीकि सर, रुकमिनी सर, दशरथ तलाउसहित ७२ वटा सरोवर छन् । सरोवरका आ–आफ्नै विशेषता छन् । धनुषसागर, गंगासागरसहितका पोखरीमा स्नान गरेपछि मन पवित्र हुने तथा धार्मिक मोक्ष प्राप्त हुने जनविश्वास छ । करिब दुई वर्षदेखि गंगासागरमा दैनिक रूपमा साँझमा गंगा आरती हुँदै आएको छ ।

    सेभ द हिस्टोरिकल जनकपुरको अगुवाइमा हुने उक्त गंगा आरती पछिल्लो समय पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । सेभ द हिस्टोरिकल जनकपुरका अध्यक्ष धनुषा शाखाका पूर्वअध्यक्ष रामआशिष यादवका अनुसार अहिलेसम्म गंगा आरतीमा पूर्व राष्ट्रपति डा. रामवरण यादवदेखि भारतका विभिन्न चर्चित व्यक्ति सहभागी भइसकेका छन् ।

    विभिन्न धर्मको संगमस्थल
    हिन्दू धर्मावलम्बीका लागि आस्थाको केन्द्रबिन्दु रहेको भए पनि अन्य धर्मावलम्बीका लागि पनि जनकपुर उत्तिकै महत्वपूर्ण मानिन्छ । मुस्लिम, जैन, बौद्ध धर्मका लागि पनि जनकपुर महत्वपूर्ण स्थान रहेको डा. विमलको भनाइ छ । मुस्लिमहरूको पूर्वज सुफी सन्तहरूको कर्मक्षेत्र मिथिला नै रहेको तथा ती सन्तहरूको मजार (अन्तिम दाहसंस्कार गरिने स्थल)मा हजाराैँ हिन्दू मुस्लिमहरूको भिड लाग्ने गर्छ । डा. विमलका अनुसार ११औँ शताब्दीमा मुस्लिम समुदायका प्रमुख ६ शाखाहरू नक्बदी, सोहबदी, कादरी, चिस्ती, गुल्जारी र कलबदरीको जनकपुरबाट विस्तार भएको छ । जनकपुरकै १६ वडामा रहेको बाबा झुमअली शाहको मजार, महोत्तरी अध्यानपुरमा रहेको बाबा गदाअली शाह, बाहरअली शाह, रहमअली शाहको मजारले पनि त्यो कुराको पुष्टि गर्छ । सुफी सन्तहरूको कर्मक्षेत्र मिथिला नै रहेको उनी बताउँछन् ।
    त्यस्तै, बौद्र्ध धर्मका १५ वटा जातका कथामा जनकपुरको वर्णन गरिएको छ । भगवान् गौतम बुद्धको अस्तु जनकपुरमा प्रवेश नदिएर मखवनमा गरिएको डा. विमल बताउँछन् । त्यस्तै, जैन धर्मका गुरु मलिनाथ र नेविनाथको जन्म जनकपुरमै भएकाले उक्त धर्मका मानिसका लागि महत्वपूर्ण स्थान जनकपुर हो । समय–समयमा जनकपुरमा जैन धर्मको विभिन्न धार्मिक पूजापाठ हुँदै आएको छ ।

    धार्मिक नगरीकै रूपमा विकास गर्ने चाहना
    सांस्कृतिक, धार्मिक, पर्यटकीय, शिक्षा, स्वास्थ्य, यातायात तथा उद्योग कलकारखानाका हिसाबले जनकपुर स्थापित छ । देश संघीयतामा गएपछि प्रदेश नम्बर २ को राजधानीको रूपमा जनकपुरको चर्चा चलेपछि यहाँ उद्योग, कलकारखाना, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा लगानी बढ्दै गएको छ । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह (हिरा)को भनाइमा धार्मिक, पर्यटक स्थलका रूपमा विकास गर्दै जाँदा आर्थिक समृद्धितिर जनकपुरले फड्को मार्न सक्छ । ‘जनकपुरलाई धार्मिक नगरीको रूपमा विकास गर्न सकिन्छ र पछिल्लो समय यहाँ पर्यटकको ध्यानमा नै राखेर लगानी गर्नेहरूको संख्या बढ्दै गएको छ,’ अध्यक्ष साह भन्छन् ।

    मिथिला ग्राममा पर्यटकलाई कम्तीमा एक साताका लागि बस्ने गरी प्याकेजको व्यवस्था हुनुपर्ने, त्यसमा मिथिला संस्कृति, परम्परा, खानपानदेखि मिथिलाको कला, संस्कृति झल्किने आकर्षित गर्नुपर्ने जानकारहरू बताउँछन् । प्रस्तावित योजनामध्ये राजा जनकको दरबार, रामजानकी अन्तर्राष्ट्रिय स्टेडियम, राजर्षि विश्वविद्यालय, रेल सेवा विस्तारलगायत योजना कार्यान्वयन भए विकासले फड्को मार्ने छ ।

    धार्मिक सहिष्णुताको मिथिला संस्कृति
    डा. राजेन्द्र विमल
    संस्कृतिविद्

    यहाँको चाडपर्व, लोकगीत, कला, वेशभूषा, रहनसहन, भोजन, गरगहना, लोकगाथा नै मिथिला संस्कृति हो । मिथिलामा मानिसको जन्मदेखि मुत्युसम्मको संस्कृति र लोकगीत छन् । मिथिलाको संस्कृति, भाषा, सभ्यता संसारकै उत्कृष्ट मानिन्छ ।

    मिथिलाको इतिहास नै अब्बल भएकाले संस्कृति उत्कृष्ट हुनु असाधारण होइन । उत्कृष्ट यस अर्थमा कि अन्य स्थानको उत्कृष्ट संस्कृतिलाई मिथिलाले पनि अपनाएको छ । यहाँ मुस्लिमहरूको गीत–संगीत उत्कृष्ट मानिन्छ । राग इमामी, राग फिर्दोसी, विवाहमा इरत बाँड्ने, महफिल लगाउने परम्परालाई मिथिला संस्कृतिले आफूमा समाहित गरेको छ ।

    मिथिलामा धार्मिक सहिष्णुताको संस्कृति छ । यहाँ हिन्दू समुदायले पनि मुस्लिम समुदायका देवताको पूजा गर्छन् भने मुस्लिमले पनि हिन्दुका देवताको पूजा गर्छन् । मिथिलाका चाडपर्व ६ प्रकारका छन् । धार्मिक पर्व जस्तोकी नागपञ्चमी, अन्त चतुर्दशी, अक्षय नवमी, माघी, सप्तमी, जेठ दशहरा, हर्षोल्लाससम्बन्धी पर्वहरू झुलन, कृष्ण अष्टमी, चौथचन्द, विवाह पञ्चमी, आदि यहाँ धुमधामले मनाइन्छ । त्यस्तै, दाम्पतीय जीवनसम्बन्धी मधुश्रावणी, सोमबारी, कोगाज्रा, बरसाइत, भाइबहिनीसम्बन्धी पर्व सामाचकेवा, भरदुतिया, मनोकामनासम्बन्धी पर्व जितिया र मातापितासम्बन्धी पर्व कुसी आमावस्या, पितृपक्ष मातृनवमी आदि पनि यहाँका उल्लेख्य विषय हुन् ।

    मिथिलामा जति गीतसंगीत संसारमा सायद कहीँ नहोला । यहाँ जो संगीतमै हाँस्छन्, गीतमै रुन्छन् र गीतमै बोल्छन् । गाएको सुनेर, हेरेर नै थाहा हुन्छ, यो रुवाइको गीत हो, विछोड वा शोकको गीत हो भनेर । धार्मिक, संस्कार र ऋतु गीतले मिथिलाको संस्कृतिलाई थप आकर्षक बनाएको छ । २१आैँ शताब्दीमा पनि मिथिलामा जादुटुनामा विश्वास गर्ने चलन छ । भूतप्रेत, चुडेल, अगियाबताला, मनुसदेवालगायतमा अझै पनि विश्वास गरिन्छ । यहाँका विभिन्न देवीदेवताको शक्तिपीठमा दसैँको समयमा भूत खेलाउनेहरूको संख्या उल्लेखनीय हुन्छ । त्यस्तै, भूतप्रेत लागेको खण्डमा धामीझाँक्री तथा विभिन्न देवीदेवताको सहरा लिने गरिन्छ । त्यस्तै, हिन्दू समुदायको घरघरमा आफ्ना कुलदेवताको पूजा गरिन्छ । भुइआ सोखा, गोविन्द बाबा, काली, बन्नी, गोरैया, भैरव, कालिका देवी–देवतालाई घरमै पिँढी बनाई विशेष रूपमा पूजा गर्ने प्रचलन छ । मिथिलामा तन्त्रमन्त्रमा लोकविश्वास र टुनामुनाको प्रभावले लाभान्वित हुनेहरूको संख्या उल्लेख्य छ, जसलाई ठाडै चुनौती दिन पनि कठिन छ ।

    जतिखेर संसार अज्ञानको अन्धकारमा हराएर पाशविक जीवन व्यतीत गर्दै थियो, मिथिला वैदिक एवं औपनिषदिक रचना गर्दै थियो, जीवन–जगत्, इहलोक–परलोक, आत्मा–परमात्मा, काल–कलातीत, जन्म–पुनर्जन्म, ऐन्द्रिकता र अतीन्द्रिय पिण्ड र ब्रह्माण्डलगायतका पुस्तक लेख्दै थियो ।

    संसारको प्राचीनतम भाषा साहित्य पनि यहाँ पाइन्छ । मैथिली भाषामा अपभ्रंशपछि स्पष्ट हुन्छ । तर, मैथिलीको स्वरूप आठौँ शताब्दीमा देखिन्छ । तर, भारतीय भाषाको स्वरूप १०आँै शताब्दीमा स्पष्ट देखिन्छ । जब कि अंग्रेजी साहित्यको आरम्भ भने १४आँै शताब्दीमा भएको पाइन्छ ।

    मिथिलामा आफ्नै संगीत, घरानाहरू रहेको पाइन्छ । मोरङ घराना, पुरादित्य दरबार घराना, मल्ल दरबार, पनिभोर घराना, बेतिया घराना, चर्यापदमा स्थानीय राग–रागिनीहरू पाइन्छन् । मिथिलामा प्रचलित राग–रागिनीहरूलाई महाराज नान्यदेव (१०७७–११३३) ले संरक्षित र व्यवस्थित गरेका हुन् । सिंहभूपाल नेपालका प्रख्यात मैथिल संगीतज्ञ थिए ।


    Facebook Comment


    No ads found for this position