Zodiac Casino Free Spins Australia: Harrop disagreed, saying that sports betting didnt fall under the same umbrella as casino gambling and was therefore its own matter.
  • Uk Bingo Casino No Deposit Bonus 100 Free Spins - Around the holiday period and weekends are great times to play, because all the regulars that are tough and winning the most in Sit n Gos are usually taking these times away from Poker.
  • Best Online Gambling App Canada: There are updated customer care changes coming to online casinos and betting sites towards the end of the year.
  • Poker analyse software mac

    Card Spade Heart Diamond Club
    Paul's Bay and offers a vast array of games over their 15 tables along with pokies, video poker, and virtual horse racing.
    Free Casino Bankroll No Deposit
    But without balancing our ranges with a few well-chosen bluffs, even doing the basics right is not going to be enough.
    Two of our favourite casinos at LadyLucks have Mother of Horus and other Red Rake Gaming games.

    Slot machines ban holidays

    Casino Slot Games For Fun
    Qualifying for this prize involves matching two horizontal, diagonal, or vertical lines, which means eight numbers in total.
    Free Gambling In United Kingdom
    There are numerous PA casinos caught in a worse slump than Mount Airy Casino.
    Best Casinos For Push Gaming Uk

    गार्जियनको घुम्नैपर्ने गन्तव्यमा नेपाल पहिलो स्थानमा

    काठमाडौं, अंग्रेजी नयाँ वर्ष सन् २०१७ सुरु भएदेखि मुलुकको पर्यटन उद्योगमा सुखद खबर आएकोआयै छन्। यही क्रममा बेलायतबाट आएको पछिल्लो खबरले पर्यटन उद्योग थप हौसिएको छ।

    बेलायतबाट १ सय ९५ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको प्रतिष्ठित पत्रिका ‘द गार्जियन ले तयार पारेको २०१७ मा घुम्नैपर्ने संसारका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ।‘हाम्रो समग्र पर्यटन उद्योगका लागि यो असाध्यै सकारात्मक र सुखद खबर हो  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत  सिइओ  दीपकराज जोशीले भने, गार्जियन जस्तो विश्वप्रतिष्ठित सञ्चारमाध्यमले यो वर्ष भ्रमण गर्नैपर्ने संसारका १० गन्तव्यको सूचीमा नेपाललाई पहिलो स्थानमा राख्नु निकै सकारात्मक सन्देश हो। यसबाट युरोपेली बजारमा व्यापक प्रभाव पर्ने विश्वास छ।यसअघि अमेरिकाका मुख्यालय रहेको सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट ले तयार पारेको सन् २०१७ मा घुम्नैपर्ने संसारका बेस्ट भ्यालु गन्तव्यमा नेपाल पहिलो नम्बरमा परिसकेको छ। उसले पर्यटकले खर्च गरेको पैसा खेर नजानेरपर्यटक सन्तुष्ट हुने ठाउँलाई बेस्ट भ्यालु गन्तव्यको रुपमा सूचीकृत गर्छ। लोन्ली प्लानेटले विश्वका १ सय ९० देशबाट छानेको उत्कृष्ट १० को पहिलो नम्बरमा नेपाल परेको हो।

    त्यसैगरी अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटी  नेटजिओ  को अनलाइन संस्करणले तयार पारेको यो वर्ष वसन्त ऋतुमा घुम्नैपर्ने संसारका उत्कृष्ट १२ पर्यटन गन्तव्यको सूची ‘बेस्ट स्प्रिङ ट्रिप्स २०१७ मा नेपालको पोखरा परेको छ।

    पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न दुई साताअघि बेलायतका प्रमुख सञ्चारमाध्यम बिबिसी र ‘रोयटर्सु तथा अमेरिकास्थित विश्वप्रसिद्ध ट्राभल वेबसाइट कम्पनी ‘ट्रिप एडभाइजर  सँग सम्झौता गरेको थियो।
    ‘गार्जियन, लोन्ली प्लानेट र नेटजिओको भ्रमण सूचीसँगै हामीले ठूला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग गरेको सम्झौताबाट उल्लेख्य सफलता मिल्ने विश्वास छ, सिइओ जोशीले भने, ‘तिनबाट फाइदा लिन सबैभन्दा पहिला हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र प्रमुख गन्तव्यका सडक सञ्जाल सुधार गर्नु जरुरी छ।

    गार्जियनले तयार पारेको उत्कृष्ट गन्तव्य सूचीको दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा अल्बानिया, चौथो बुल्गेरिया, पाँचौं कोलम्बिया, छैठौं इरान, सातौं नामिबिया, आठौं मलेसिया, नवौं केन्या र दसौं स्थानमा सर्बिया परेका छन्।

    ‘पैसा खर्च गरेर घुम्न निस्कने हो भने युरोपभन्दा नेपाल उत्कृष्ट गन्तव्य हो  गार्जियनले एचप्लसआई एडभेन्चरका पर्यटन विज्ञ क्याथरिन सियररको भनाइ उद्धृत गर्दै आफ्नो सूचीमा लेखेको छ पछिल्ला केही वर्ष नेपालले माओवादी द्वन्द्व, दरबार हत्याकाण्डदेखि विनाशकारी भूकम्पसम्म झेल्यो तर पछिल्लो पटक पर्यटन बजारमा आक्रमक तरिकाले आइरहेको छ।

    ‘प्रजातन्त्र विस्तारै बलियो र परिपक्व हुँदैछ,  गार्जियनले योर्क विश्वविद्यालयको एसिया रिसर्च नेटवर्कका डा क्लेयर स्मिथको भनाइ उद्धृत गरेको छ, यस्तो बेला नेपाल घुम्नु प्रैरक क्षण हुनेछ र त्यहाँको तरकारी असाध्यै स्वादिला हुन्छन्। त्यसबाहेक हिमशृंखला, वन्यजन्तु, मठमन्दिर, प्राचीन सहर र कलासंस्कृति थप आकर्षण हुन्।

    ‘गार्जियनको सूचीको पहिलो स्थानमा नेपाल पर्नु भनेको युरोपेलीमात्र नभई संसारभरका पर्यटकको ध्यान नेपालतिर आकर्षित हुनु हो,  काठमाडौंस्थित प्रमुख टुर कम्पनी कोरा टुर्सका सिइओ विजय अमात्यले भने, लगभग दुई शताब्दीदेखि छापिँदै आएको गार्जियन पत्रिकालाई असाध्यै विश्वास गरिन्छ। यसैको सूची हेरेर पर्यटकले भ्रमण योजना बनाउने गर्छन्।

    गार्जियनको सूची सार्वजनिक भएपछि संसारभरका टुर अपरेटरले आफ्ना वेबसाइटमा यसबारे उल्लेख गर्ने उनले बताए। त्यसबाहेक उनीहरूको ‘ब्रोसरु मा नेपाल भ्रमण सम्बन्धी प्याकेजमा पनि यो विषय समेट्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

    ‘गार्जियन, लोन्ली प्लानेट, नेटजिओजस्ता ठूला कम्पनीको सूचीबाट प्रभावित भई घुम्न जाने पर्यटक लाखौं हुन्छन्, उनले भने, ‘पैसा तिरेर घुम्न निस्कने पर्यटकलाई यस्ता कम्पनीको सूचीले गन्तव्य छनोट गर्न थप सचेत गराउँछ र सचेत पर्यटक यस्तै विश्वासिला सूचीको भरपर्ने गर्छन्।

    उनका अनुसार सन् २०१४ मा नेपाल घुम्न आएका पर्यटकको संख्या ८ लाख पुगेको थियो। २०१५ मा आइपुग्दा ह्वात्तै घटेर ५ लाख ३८ हजारमा झर्‍यो। फेरि २०१६ मा आइपुग्दा बढेर ७ लाख ५६ हजार पुग्यो।

    ‘पर्यटन उद्योगका लागि पछिल्ला पटक आएका र भएका सुखद खबरकै कारण सन् २०१७ मा पर्यटक संख्या ८ लाख पुग्ने छ र अझ कटेर माथि पनि जानसक्ने निश्चित छ,  अमात्यले भने, ‘र, त्यसका लागि हामीले पनि युद्धस्तरमा पर्यटन पूर्वाधारदेखि प्रवर्द्धनका काम भने गर्नुपर्छ।


    Facebook Comment


    No ads found for this position