यी हुन् विश्वमै सर्वाधिक सस्तो पेट्रोलियम पाइने देश, लिटरको एक रुपैयाँ देखि सुरु हुन्छ मूल्य

नेपालमा पेट्रोलियम पदार्थको औषत मूल्य भएको देशमा पर्छ। शतप्रतिशत पेट्रोल आयात गरि बिक्री गरेपनि यहाँ अहिले लिटरको १०१.५ रुपैयाँको दरले पेट्रोल पाइन्छ। पेट्रोलका लागि संसारको सबैभन्दा महँगो मूल्य हङकङमा तिर्नु पर्छ। त्यहाँ प्रति लिटर पेट्रोल १९९.७६ पैसा पर्ने गरेको छ। तर, संसारमा यस्ता देश पनि छन्, जहाँ एक लिटर पेट्रोल एक रुपैयाँमा समेत पाइन्छ।
भेनेजुएला

आर्थिक कमजोरी र राजनैतिक उथलपुथल भोगी रहेको भेनेजुएलामा संसारकै सस्तो पेट्रोल पाइन्छ। भेनेजुएलामा प्रति लिटर पेट्रोलको मूल्य एक रुपैयाँ मात्र पर्छ छ। भेनेजुएला आफैं तेल उत्पादक देश हो।

साउदी अरब

साउदी अरब विश्वको १०औँ धनी देश हो। त्यहाँको ९५ प्रतिशत हिस्सा मरुभूमी छ। सिङ्गो देशमा एउटा पनि नदी या ताल छैन। यो देशमा पेट्रोल भन्दा पानी महङ्गो पर्छ। त्यसैले साउदी अरबले समुद्रको पानीलाई पिउन योग्य बनाएको छ। यहाँ प्रति लिटर पेट्रोल २१ रुपैयाँ ६१ पैसा पर्छ।

तुर्कमिनिस्तान

मध्य एसियामा ठूलो तेलको भण्डार रहेको अर्को देशक तुर्किमिनिस्तान हो। तेल निर्यात गर्ने यो देशले आफ्ना जनतालाई भने सस्तोमा पेट्रोलियम उपलब्ध गराएको छ। त्यहाँ एक लिटर पेट्रोल २८ रुपैयाँ ८३ पैसामा पाइन्छ।

अल्जेरिया

यो संसारकै १०औँ ठुलो देश हो। पुरानो समयमा अल्जेरियालाई सल्तनत नोमेडिया भनिन्थ्यो। यो देशको ८० देखि ९० प्रतिशत भूभाग सहारा मरभूमीमा पर्छ। अरबिक, फ्रेन्च र बर्बर तीन भाषा बोलिने यो देशमा प्रति लिटर पेट्रोल ३१ रुपैयाँ ९२ पैसामा पाइने गरेको छ।

कुबेत

कुबेत संसारकै चौथो धनी देश हो। तेल भण्डारको हिसाबले कुबेत संसारको पाचौँ समृद्ध मुलुकमा पर्छ। कुबेतमा तेल खानीको खोज र दोहन १९३० ताका प्रारम्भ भएको थियो। सन् १९६१ पछी यो क्षेत्रमा अभूतपूर्व सफलता प्राप्त भयो। अहिले करिब ९५ प्रतिशत निर्यात र ८० प्रतिशत सरकारी राजस्व तेल र तेल जन्य उत्पादनबाट प्राप्त हुने गरेको छ। त्यहाँ प्रति लिटर पेट्रोल ३५ रुपैयाँ पर्ने गरेको छ।

इजिप्ट

इजिप्टमा एक लिटर पेट्रोललाई ३६ रुपैयाँ पर्छ। यसैगरी इरानमा ३८ रुपैयाँ, इक्वेडरमा ४० रुपैयाँ १६ पैसामा पाईन्छ। इक्वेडरको अर्थ व्यबस्थामा ३० प्रतिशत राजस्व पेट्रोलियम उत्पादनबाट प्राप्त हुनेगर्छ। बहराइनमा प्रति लिटर ४३ रुपैयाँ ६८ पैसा पर्छ भने काजकिस्तानमा प्रति लिटर ४७ रुपैयाँ ३६ पैसा पर्छ। यस्तै कतारमा तेलको मूल्य प्रति लिटर ४८ रुपैयाँ ४० पैसा रहेको छ।