Reel Deal Slots United Kingdom Adventures Cheats: The amazing thing is, hes capable of doing that.
  • Sv388 Casino 100 Free Spins Bonus 2025 - The wins can quickly start racking up if youre lucky enough to get all three middle reels filled with Wilds.
  • Video Poker Casino Bonus Codes 2025: Theres no upper limit to how many times you can retrigger the free games.
  • Lucky lady crypto casino Adelaide

    Jeetwin Casino No Deposit Bonus 100 Free Spins
    All transactions on the website are protected through the use of SSL encryption technology.
    Spinaro Casino Login App Sign Up
    You can see our full list of options in the table below starting with the top three Ghana casino sites and their bonuses.
    Visa and Mastercard credit cards are also accepted as a form of payment at this online pokies not on gamstop casino.

    How hard is it to make a living off poker

    Bingo Rules And Regulations
    GamStop does not need to download any app as it blocks the players by his data from accessing any AU gambling site.
    Free Bonus On Registration No Deposit Uk 2025
    In order to present the best platforms, we conducted thorough inspections of all operators.
    Promotions Casinos

    यस्तो छ धरान सहरको नालेबेली

    देवेन्द्र कार्की

    धरानको इतिहास एक सय १५ वर्ष पुरानो छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले सम्बत् १९५८ मा चन्द्रपुर बजार (हालको पुरानो बजार) बसालेका थिए । त्यही बजार विस्तार भएर अहिलेको धरान बनेको हो ।

    इस्ट इन्डिया कम्पनीलाई काठ आपूर्ति गर्न धरान हालेर चारकोसे जंगल फँडानी गरिएकाले यसको नाम धरान रहन गएको तथ्य छ । ९० सालको भूकम्पपछि अर्का राणा प्रधानमन्त्री जुद्धशमशेरले हालको नयाँबजार भनिने जुद्धनगर बसाएका थिए । ०१० सालमा ब्रिटिस सरकारले ब्रिटिस गोर्खा सैनिक कार्यालय स्थापना गरेपछि पूर्वी पहाडी जिल्लाको व्यापारिक केन्द्रका रूपमा धरानको विकास भएको हो । गोर्खा सैनिक कार्यलय स्थापनाले धरानलाई पूर्वी पहाडी जिल्लाको नाकाका रूपमा विकसित गरेको पाइन्छ ।तत्कालीन राजा महेन्द्रले ०१७ मा धरानलाई नगरपालिका घोषणा गरे । ०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा धरानलाई कोसी अञ्चलको सदरमुकाम बनाइयो । पछि धरानका सरकारी कार्यालय धनकुटा र विराटनगर सारिए । धरान केही समय ओझेलमा पर्यो । तर, त्यसपछि धरानमा निजी क्षेत्रको प्रवेश भयो र समृद्धितर्फ अघि बढ्यो ।

    ११ वडामा सीमित धरानलाई ०३५ सालमा १९ वडामा विभाजन गरियो । त्यसवेला पूर्वतर्फ बाँझगरा गाउँ पञ्चायत र पश्चिमतर्फ घोपा गाउँ पञ्चायतलाई गाभिएको थियो । ०७१ वैशाख २५ गते धरानमा फेरि पाँचकन्या गाविस गाभियो । वडाको संख्या बढाएर २३ पुग्यो । अहिले धरान उपमहानगरपालिका बनेको छ । विष्णुपादुका गाविस गाभिएपछि वडा बढाएर २७ पु¥याइएको थियो । तर, २७ फागुनको निर्णयबाट वडा संख्या घटाएर फेरि २० मा झारिएको छ ।किरातको राजधानी धरान
    धरानको इतिहास सौह्रौँ शताब्दीतिरको विजयपुरसँग जोडिन्छ । त्यसवेलाको विजयपुर धार्मिक आस्थाको केन्द्र थियो । स्थानीयका अनुसार पाल्पाको सेनवंशी राजाले विजयपुर गढीलाई सामरिक हिसाबले महत्वपूर्ण किल्ला बनाएका थिए । गोर्खाका राजा पृथ्वीनारायण शाहले सम्बत् १८३१ मा सम्झौता गरी नेपालमा गाभे । त्यसअघि विजयपुर किरात प्रदेशको राजधानी थियो । त्यही विजयपुरगढी धरानको शिरका रूपमा यद्यपि छ ।

    धरान सहर

    -जनसंख्या : १,३७,७०५

    -घरधुरी : २७,७५०

    -पक्की घर : १४,१११

    -परिवार संख्या : ३२६९३

    -कुल भवन : २२७११

    स्रोत : जिल्ला पाश्र्वचित्र सुनसरी २०६२

    सडक

    -सडक सञ्जाल : ५५० किमि

    -कालोपत्रे सडक : १७० किमि

    लाहुरेले सिँगारेको सहर
    व्यवस्थित, सफा र सुन्दर सहर धरानसँगै भूपू लाहुरेको नाम जोडिएर आउँछ । अवकाश प्राप्त ब्रिटिस गोर्खा सैनिकले धरानलाई आवासीय सहर बनाएका हुन् । उनीहरूले धरानलाई आधुनिकीकरण गर्नसमेत ठूलो योगदान गरेका छन् । ०४६ सालपछि नगरपालिकाले विकास निर्माणमा जनसहभागिताको नीति लिँदा लाहुरेले साथ दिए ।

    जनताको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा घरछेउको सडक बनाउन धराने तयार भए । व्यापक जनसहभागिताका कारण नै धरानले छोटो समयमा विकासमा फड्को मार्न सफल भएको धरान उपमहानगरपालिकाका सूचना अधिकृत शक्तिराज शर्मा बताउँछन् । धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले भने, ‘चिटिक्क परेका घर, घरसँगै सुन्दर बगैँचा, व्यवस्थित ढलसँगै सफा र चौडा पक्की सडक धरानको पहिचान हो । धरानलाई व्यवस्थित गर्न यहाँका जनताले कुनै कन्जुस्याइँ गरेका छैनन् ।’ नगरको कुना–कुनामा पक्की सडक बनेका छन् । हङकङ र बेलायतको डिजाइनमा घर तथा भौतिक संरचना निर्माण भएका छन् ।
    ०३६ सालपछि धरानमा बसोबासको चाप बढेको पाइन्छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि लाहुरेको बसोबास धरानमा बढेको हो । ब्रिटिस सेनाबाट अवकाश पाएपछि पूर्वका विभिन्न जिल्लाका बासिन्दाको रोजाइ धरान बन्यो ।

    धरानको विकाससँगै व्यापार–व्यवसाय फस्टाउनुमा पनि लाहुरेकै नाम आउँछ । गोर्खा भर्ती केन्द्र स्थापना भएपछि धरानपूर्वकै आर्थिक, व्यापारिक केन्द्र बन्यो । यहाँ उद्योग, कलकारखाना स्थापना भने हुन सकेनन् । भूपू लाहुरेको पेन्सन (रेमिट्यान्स)का भरमा यहाँको अर्थतन्त्र सबल भएको सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिधारी सापकोटा बताउँछन् । धरान फेसनेबल सहरका रूपमा पनि परिचित छ । काठमाडौंभन्दा पहिल्यै नयाँ फेसन धरानमा आइसकेको हुन्छ । लाहुरे परिवारको सम्बन्ध हङकङ, बेलायत, ब्रुनाईलगायत मलुकमा भएकाले विदेशी फेसन सुरुमा धरान भित्रिने गर्दछ ।

    आवासीय भिसाले धरानलाई घाटा
    पछिल्लो समय सन् २००९ मा बेलायतले भूपू सैनिकलाई आवासीय भिसा दिने निर्णय ग¥यो । धरानमा बसोबास गर्ने भूपू लाहुरे बेलायत पलायन भए । त्यसयता धरानको अर्थतन्त्रमा असर पारेको छ ।

    त्यसअघि धरानमा भूपू लाहुरेको करिब १० हजार घरधुरी थिए । तर, अहिले अधिकांश बेलायत पलायन भइसकेका छन् । असक्त र कुनै व्यवसाय गरिरहेका भूपू लाहुरे मात्र धरानमा छन् ।

    भवन निर्माण आचारसंहिता पालन गर्ने पहिलो नगरपालिका
    भूकम्पप्रतिरोधी घर तथा भवन निर्माणसंहिता लागू गर्ने उपत्यकाबाहिरको पहिलो नगरपालिका हो धरान । सरकारले ०६० सालमा भनव निर्माण आचारसंहिता लागू गरेको हो । धरानले ०६४ सालदेखि पूर्ण रूपमा आचारसंहिता लागू गरेको धरान उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठले बताए ।

    धरानमा ८० प्रतिशत भूकम्पप्रतिरोधी घर निर्माण भएका छन् । निर्माण व्यवसायीलाई भूकम्पप्रतिरोधी घर निर्माणका लागि तालिम दिइएको छ । आठ सय ५० जनाले तालिम लिएर नगरपालिकाबाट प्रमाणपत्र पाएका छन् । उनीहरूले बनाएका घरलाई मात्र नगरपालिकाले मान्यता दिने गरेको छ ।

    ०६६ सालदेखि नै नगरपालिकाले तालिम दिएर निर्माणकर्मी खटाएको हो । यसरी निर्माणकर्मीलाई तालिम दिएर घर निर्माण गर्ने पनि धरान पहिलो नगरपालिका हो । ०७२ सालको भूकम्पपछि भने सरकाले सबै नगरपालिकालाई अनिर्वाय तालिम दिएर तालिम प्राप्तलाई मात्र घर निर्माणको मान्यता दिन निर्देशन दिएको छ ।

    जनसहभागिताको नमुना धरान
    लाहुरेहरूले नै धरानलाई जनसहभागिताको नमुना सहर बनाए । ०४८ सालको स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित मेयर ध्यानबहादुर राई र उपमेयर मनोजकुमार मेन्याङ्बोको पालादेखि नै धरानको विकासमा जनतालाई प्रत्यक्ष सहभागी गराउने नीति निर्माण भयो ।

    ०५४ सालमा मेयरमा मेन्याङ्बो निर्वाचित भएपछि ६० प्रतिशत नगरपालिकाको र ४० प्रतिशत जनताको लगानीमा विकास निर्माणका काम हुन थाले । जनताले पक्की सडक, ढल निर्माण गर्न ४० प्रतिशत पैसासँगै बाटो फराकिलो गर्न आफ्नो जग्गा दिन तयार भए । फराकिलो बाटो बनाउँदा भत्किएका घर, आँगन तथा कम्पाउन्डको क्षेतिपूर्तिका लागि कुनै दाबी गरिएन । नगरपालिकाले ल्याएको ६० र ४० प्रतिशत अहिले उल्टिएर जनता ६० प्रतिशत र नगरपालिका ४० प्रतिशत लगानी गरेर सडक र ढल निर्माण हुँदै आएका छन् ।

    धरानको विकासमा जनताको लगानी मुलुकभरका स्थानीय तहका लागि नमुनायोग्य छ । यस्तो उत्साहजनक लगानी अन्य कहीँ कतै नभएको पूर्वमेयर मनोजकुमार मेन्याङ्बो बताउँछन् । हालसम्म धरानमा जनसहभागितामा एक सय ७० किमि कलोपत्रे पक्की सडक बनिसकेको योजना शाखा प्रमुख इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । लागतको हिसाबले एक किलोमिटर सडकको लागत सरदर एक करोड हुन्छ । व्यवस्थित धरान बनाउन धराने जनताले अर्बौ लगानी गरेका छन् ।

    धरानको मुख्य चोक भानुचोकपूर्वको घन्टाघर यहाँको अर्को आकर्षण हो । यो पनि जनसहभागिताको नमुना हो । एक करोडभन्दा बढी लगानीमा निर्माण सम्पन्न भएको घन्टाघरमा नगरपालिकाको २२ लाखबाहेक सबै स्थानीय एवं हङकङ, मकाउ र जापान बस्दै आएका धरानेको श्रम र पसिनाले ठडिएको हो । यहाँभित्र घन्टाघर, भूकम्प स्मारक र सुन्दर बगैँचा (पार्क) छ ।

    शैक्षिक केन्द्र
    त्यस ठाउँमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै प्रमुख स्वास्थ्य शिक्षालयका रूपमा विकास भएको छ । ब्रिटिस गोर्खा सैनिकको कार्यालय सरेर गएपछि सो स्थानमा प्रतिष्ठान बनाइएको हो । कृषि इन्जिनियरिङ पढाइ हुने एक मात्र सरकारी क्याम्पस पनि यहीँ छ । केन्द्रीय खाद्य प्रविधि क्याम्पस र संस्कृत क्याम्पसले धरानलाई पूर्वकै शैक्षिक केन्द्र बनाएका छन् । यहाँ पौराणिक महत्व बोकेका पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा, पञ्चकन्या, विष्णुपादुकाजस्ता धार्मिक स्थल छन् ।

    पूर्वी पहाडको नाका
    धनकुटा, तेह्रथुम, खंखुुवासभा भोजपुरलगायतका पूर्वका पहाडी जिल्लाको प्रवेशद्वार धरान हो । पहाडका उत्पादन धरानमा रहेको कृषि उपज बजार केन्द्रमा संकलन गरी विश्व बजारसम्म धरानले पुर्याउँदै आएको छ । पहाडी क्षेत्रको व्यापारिक केन्द्रका रूपमा धरान रहेको छ । नुनदेखि सुनसम्मको कारोबार गर्न धरान आउने गर्छन् । बहुजाति, बहुधार्मिक तथा बहुसांस्कृतिक सहरका रूपमा धरानलाई चिनिन्छ । धरान तराई र पहाडको संगमस्थल पनि हो ।

    २१ महत्वाकांक्षी योजना
    धरान उपमहानगरपालिकामा विष्णु कोइराला नयाँ कार्यकारी भएर आएपछि धरानलाई व्यवस्थित बसोवासको सहर निर्माण गर्न २१ वटा महत्वाकांक्षी योजना अघि सारिएको छ । यहाँको मुख्य समस्या बसपार्क हो । साँघुरो भानुचोकमा बसपार्क भएका कारण धरानको सुन्दरतामा नै आँच पुगेको थियो । नगरपालिकाले धरान ८ मा सुन्दर बस्ती विकास आयोजना सञ्चालन गरेर बसपार्क सार्ने तयारी थालेको छ । यस्तै, धरान–१७ मा एयरपोर्ट निर्माण, एडिबीको सहयोगमा खानेपानी आयोजना सञ्चालन गरेको छ । विजयपुर बृहत्तर विकास योजना, सप्तरंगी पार्क निर्माण, एक सडक एकै रङका घर निर्माण गर्ने अभियानसमेत नगरपालिकाले सञ्चालन गरेको कार्यकारी कोइरालाले बताए । धरानको मुख्य समस्या सुकुम्बासी समस्या हो । यसको व्यवस्थापनमा लागिपरेको नगरपालिकाले बताएको छ ।अञ्चल सदरमुकाम थियो धरान
    पञ्चायतकालमा कोसी अञ्चलको सदरमुकाम धरान थियो । तर, ०३५ सालदेखि सरकारी कार्यालय अन्यत्र सारिए । ०४० सालमा क्षेत्रीय शिक्षा निर्देशनालयलाई धनकुटा सारियो । ०४९ सालमा अञ्चल अदालत विराटनगर सारियो । ०५० सालमा राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय कार्यालय विराटनगर लगियो । यस्तै, ०५० सालमै धरानको पूर्वाञ्चल क्षेत्रीय अस्पताललाई कोसी अञ्चल अस्पतालमा गाभियो । ०५५ सालमा पूर्वाञ्चल खाद्य प्रयोगशाला विराटनगर लगियो । यही समय बेलायती सेनाले धरानमा रहेको ब्रिटिस गोर्खा भर्ती केन्द्रलाई पनि पोखरा सार्यो । ०४५ सालको भूकम्पले धरान झन् थिलथिलो भयो । भएका कार्यालय अन्यत्र सारिएपछि धरान लगभग मृत सहर बन्न पुगेको थियो ।

    ०५० सालमा सरकारले पहिलो मेडिकल कलेजका रूपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेपछि धरानमा चहलपहल बढ्न थाल्यो । यो ल्याउन पनि धरानका जनताले आन्दोलन नै गरेका थिए । प्रतिष्ठानमा मेडिकल शिक्षा र विशेषज्ञ स्वास्थ्य सुविधाले धरानको गरिमालाई उच्च बनाएको छ । प्रतिष्ठानमा हालसम्म करिब ३५ सय जनशक्ति उत्पादन भएको प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार बताउँछन् ।

    समृद्ध धरानको सम्भावना
    नेपालले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाइरहँदा धरानका तत्कालीन मेयर मेन्याङ्बोले ‘शिक्षा स्वास्थ्य र पर्यटकीय पूर्वाधारयुक्त सहर’ भन्ने नारासहित २० वर्षे भिजन बनाए । शिक्षा, स्वास्थ्य र पर्यटनबाट धरान समृद्ध सहर बन्न सक्छ भन्ने त्यतिवेलैको सोच हो । तर, दुर्भाग्य २० वर्षदेखि नगरपालिकामा जनप्रतिनिधि नहुँदा त्यसवेलाको भिजनले गति लिन सकेन ।

    धरानमा अझै गर्न बाँकी काम

    धरानलाई पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने सम्भावना छ । पिण्डेश्वर, बूढासुब्बा, दन्तकाली, विष्णुपादुकाजस्ता धार्मिक महत्वका पर्यटनस्थलबाट आन्तरिक पर्यटकहरू भित्राउन सकिन्छ । धरानआसपासका क्षेत्रमा र्याफटिङ, प्याराग्लाइडिङ, साइक्लिङको सम्भावना खोजी भई प्याकेजमा कार्यक्रम पनि सुरु भएका छन् । यस्ता योजना अन्तर्राष्ट्रिय स्तरमा पर्यटन बेच्न सकिन्छ ।

    यस्तै बराहक्षेत्र, रामधुनी र कोसीटप्पु वन्यजन्तु आरक्षजस्ता स्थानमा आउने पर्यटक पनि धरान ल्याउन सकिन्छ । भेडेटारको केही भाग धरानमै पर्छ । यी सबै देखाएर विश्वका पर्यटकलाई लोभ्याउन सकिन्छ । बहस उठेको छ, तर सक्रिय रूपमा काम हुन सकेको छैन । धरानको समृद्धिको सम्भावनामा पर्यटन, शिक्षा, स्वास्थ्य, खेल, संस्कृतिलगायत विविध आयमहरू छन् । यी विषयमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन । यहाँ धार्मिक पर्यटन तथा साहसिक खेल पर्यटन सम्भावना छ । पाँचकन्यालाई कृषिकेन्द्र बनाउन सकिन्छ, विष्णुपादुकामा अदुवा र बेसार खेती हुन्छ । यतातिर पनि नपरपालिकाले ध्यान पुर्याउनुपर्छ । संखुवासभामा अरुण तेस्रो जलविद्युत् आयोजना बन्दै छ । कोसीका पहाड छिर्ने नाका धरान नै भएकाले यहाँ सुक्खा बन्दरगाह बनाउन सकिन्छ । पहिले लाहुरेहरूले गरेका थिए अहिले पनि उनीहरूले नै गर्छन् भनेर बस्नु हुँदैन । समृद्ध सहर बनाउन नयाँ सम्भावना पनि खोजी गर्नु आजको आवश्यकता हो ।

    व्यवस्थित सहरको आधार भनेकै धरानलाई स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि तथा उद्योगको प्रवद्र्धन हो । बहुजातीय बहुसंस्कृतिको केन्द्र धरान विश्वको मानवशास्त्रीहरूको अध्ययनस्थल बनाउन सकिन्छ । यहाँ शैक्षिक पूर्वाधार छन् । धार्मिक तीर्थस्थल छन् । आवासीय सहरका रूपमा विकसित गर्ने सम्भावना छ । यहाँ प्रदेश नम्बर १ को राजधानी बनाउने पूर्वाधार भएकाले केन्द्रमा राजनीतिक प्रभाव सिर्जना गर्नुपर्छ ।


    Facebook Comment


    No ads found for this position