हर्न बजाउदा ८५२ कारवाहीमा

६ वैशाख, काठमाडौं । नयाँ वर्ष २०७४ को शुरुआतसँगै काठमाडौं उपत्यकामा लागू गरिएको ‘हर्न निषेध’ नियम उलंघन गर्ने ८ सय ५२ जना कारवाहीमा परेका छन्।

‘मोडमा अगाडिबाट आउने गाडी नदेखिने अवस्था तथा दुर्घटनामा पर्न सक्ने आकस्मिक अत्यावश्यक अवस्थामा मात्र हर्न बजाउन पाइन्छ,’ उनले भने।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको विवरणअनुसार  सोमबार(वैशाख ४ गते) साँझसम्म काठमाडौं उपत्यकामा हर्न बजाएबाट कारवाहीमा परेका उक्त चालकहरुबाट कुल ४ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।

यातायात व्यवस्था विभागको पहलमा काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, प्रमुख जिल्ला अधिकारीको गत चैतमा बसेको बैठकले राजधानीको ध्वनि प्रदुषण कम गर्न हर्न निषेध गर्ने निर्णय गरेको थियो।‘सबै सरकारी निकायको सहकार्यमा वैशाख १ देखि राजधानीलाई ध्वनि प्रदुषण मूक्त गर्ने जथाभावि हर्न बजाउन निषेध गरिएको हो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकेन्द्र मल्लले भने, ‘हर्न निषेध नियम लागू भएलगत्तै पहिलो चरणकै कारवाहीमा ८५२ जना जथाभाही हर्न बजाउने कारवाहीमा परेका हुन्।’

प्रतिचालक ५ सय रुपैयाँका दरले जरिवाना गरिएको उनले बताए ।

उक्त संख्या मध्ये काठमाडौं जिल्लाअन्तर्गत उपत्यकाको विभिन्न स्थानबाट ६ सय ५८ जना कारवाहीमा परेका थिए । उनीहरुबाट कुल ३ लाख २८ हजार ५ सय राजस्व उठेको थियो।

त्यस्तै, ललिपुरबाट जथाभावि हर्न बजाउने १ सय ६१ ज्ना कारवाहीमा परे । उनीहरुबाट ८० हजार ५ सयको जरिवानाबापत राजस्व संकलन भएको छ। भक्तपुरमा भने जम्मा ३३ जना सवारी चालक जथाभाबी हर्न बजाउँदा कारवाहीमा परेका छन् । उनीहरुबाट १६ हजार ५ सय राजश्व संकलन भएको जनाइएको छ ।

उपत्यकाभित्रै चल्ने र उपत्यकाबाट बाहिरिने तथा भित्रिने सवारी साधनलाई हर्न निषेधित नियमअन्तर्गत कारवाही गरिएको हो।

‘मोडमा अगाडिबाट आउने गाडी नदेखिने अवस्था तथा दुर्घटनामा पर्न सक्ने आकस्मिक अत्यावश्यक अवस्थामा मात्र हर्न बजाउन पाइन्छ,’ उनले भने।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा एक सय ६४ को ‘ग’ अनुसार कसैले उल्लेखित २ अवस्था(अत्यावश्यक)बाहेक सवारी साधनको हर्न बजाए पहिलो चरणमा पाँच सय, दोस्रो चरणमा १ हजार र तेस्रो चरणमा १५ सय जरिवाना गर्ने कानुनी प्रावधान छ । कारवाहीअन्तर्गत पहिलो चरणमा ५ सय जरिवाना गरिएको हो । दोस्रो चरणअन्तर्गत एक हजारदेखि १५ सयसम्म जरिवाना गरिनेछ ।

बिरामी बोकेको एम्बुलेन्स, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनका सवारी साधनको हकमा भने नियम लागू नहुने उनले जानकारी दिए ।

सार्वजनिक, निजी, सरकारी र पर्यटकीय सवारी साधनले भने आकस्मिक दुर्घटना हुने खतरा वा एक भागबाट अर्को भाग नदेखिने सडकको मोड आएमा मात्र हर्न बजाउन पाइने व्यवस्था छ।


Facebook Comment


No ads found for this position