कोरियाली भाषा परीक्षा दरखास्तमा १५ हजारको त्रुटि, के होला दरखास्त ?

७ वैशाख, काठमाडौं । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जानका लागि भरेको भाषा परीक्षाको दरखास्तमा १५ हजार जनाको त्रुटि फेला परेको छ ।
पहिलोपटक अनलाइनमार्फत दरखास्त संकलन गरिएकोमा १५ हजार निवेदकमध्ये केहीले फोटो, केहीले नाम तथा जन्म मितिमा फरक विवरण भरेका हुन् ।

चैत ९ देखि १८ गते राति १२ बजेसम्म संकलन गरिएका दरखास्तमध्ये अधिकांशको त्रुटि सच्याएर कोरिया पठाइसकिएको इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिए ।
यसपटक कोरियन भाषा परीक्षामा सहभागी हुन ७५ हजार पाँच सय ३ जनाले दरखास्त दिएका छन् । दरखास्त दिएकाको आउँदो जेठ २७ र २८ गते चार सिफ्टमा परीक्षा लिने व्यवस्था मिलाइएको  छ ।


Facebook Comment


No ads found for this position