बाघका कारण पर्यटकको सङ्ख्यामा वृद्धि
बर्दियाः छोटो बसाइँका लागि बर्दिया राष्ट्रिय निकुञ्ज आएका बेलायतका मार्टिन बाराले पहिलो दिनमै बाघ देखे । नजिकबाट बाघ देख्न पाउँदा उहाँ निकै खुसी थिए । जीवनमा पहिलोपटक प्रत्यक्ष रूपमा बाघ देख्ने अवसर पाएका मार्टिन अर्कोपटक फेरि बाघ हेर्न नेपाल आउने निधो गरेर फर्किए ।
बर्दिया निकुञ्जमा हिजोआज दिनैपिच्छे बाघ देख्न पाइन्छ । बाघका कारण पर्यटकको सङ्ख्यामा वृद्धि भएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापा बताए ।
‘सजिलैसँग बाघ र गैंँडा हेर्न पाइने भएपछि पर्यटकले आफ्नो बसाइँ लम्ब्याउने गरेका छन्’ उनले भने । बाघ, गैँंडालगायत वन्यजन्तु अवलोकनका लागि अहिले उपयुक्त समय भएको थापाकोे भनाइ छ । बाघ, गैँडा देखेपछि फुरुङ्ग हुने पर्यटक दोहो¥याई तेहे¥याई निकुञ्ज घुम्ने गरेका छन् ।
पर्यटन व्यवसायीले पर्यटकलाई लक्षित गरी होटेलको सेवासुविधामा वृद्धि गरेका छन् । काठमाडौँदेखि ठाकुरद्वारासम्म सुविधासम्पन्न बस सेवा सञ्चालनमा आएपछि पर्यटकको आगमन बढेको छ । वन्यजन्तु अवलोकलनका लागि चैतदेखि जेठ मसान्त अत्यन्तै उपयुक्त समय मानिन्छ ।
बाघ, गैँडा हेर्न लालायित पर्यटक आजभोलि दिनभर जङ्गलमै बिताउछन् । निकुञ्जको कर्णाली तटिय क्षेत्रमा तिनकुने, बाघ मचान र किङ्गफिसर क्षेत्र बाघ अवलोकनका लागि निकै प्रसिद्ध छ । बिहान, दिउँसो र साँझपख यस क्षेत्रमा बाघ पानी पिउन र अत्यधिक गर्मीका कारण आहाल बस्न आउने गर्छन् । यी क्षेत्रमा करिब दुई सय मिटर दूरीबाट बाघ, गैँडा देख्न पाइने निकुञ्जका नेचर गाइड रामबहादुर शाहीले बताए ।
‘घुम्न आउने अधिकांश बाघ गैँडा हेरेरै फर्कने गरेका छन्’ शाहीले भने । पछिल्लो समयमा निकुञ्जमा बाघ र गैँडाको सङ्ख्यामा वृद्धि भएपछि पर्यटकको आगमन बढेको उनको भनाइ छ ।
यस वर्ष हालसम्म स्वदेशी पर्यटक तीन हजार सात सय ९६, सार्क मुलुकका दुर्य सय २९ र सार्कबाहेका अन्य मुलुकका एक हजार पाँच सय १० विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका निकुञ्जले जनाएको छ ।
यस अवधिमा एक करोड ५० लाख राजस्व सङ्कलन भएको छ । पछिल्लोपटक सन् २०१६ मा गरिएको गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ८५ पुगेको छ । अघिल्लो वर्ष यहाँ बाघको सङ्ख्या ५० वटा थियो ।