स्थानीय चुनाव दुई चरणमा गर्ने सहमति,मोर्चाको आन्दोलन स्थगन

९ बैशाख, काठमाडौं । सरकार र मधेसी मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनमा सहमति जुटाएका छन् । साथै स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ ।

सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार बालुवाटारमा भएको वार्तामा संशोधन विधेयकमा गर्ने परिर्माजनमा सहमति जुटाएको छ । तर, प्रक्रियामा सहमति जुट्न बाँकी छ ।यसबारे भोलि मन्त्रिपरिषद्ले निर्णय लिनेछ । साथै दुई चरणमा चुनाव गर्ने सहमति भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका अनुसार पहिलो चरणको चुनाव बैशाख ३१ मै हुनेछ भने दोस्रो चरणको चुनावमा जेठमा हुनेछ । तर, मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले तय गर्नेछ ।


Facebook Comment


No ads found for this position