मतदान केन्द्र पुग्नै तीन दिन, स्थानीय भन्छन् – मत हाल्न जान्नौं

१० वैशाख, काठमाडौं । बाजुरामा स्थानीय तह निर्वाचनको रन्को बढेको छ । गाउँ–गाउँमा कसलाई मत दिने छलफल जारी छ । तर, सदरमुकामबाट ८० कोष टाढाको हिमाली गाउँपालिका –३ गुम्बा गाउँका मतदाता भने चुनावी चर्चा गर्दा–गर्दै पनि मतदान गर्न नजाने निर्णयमा पुगेका छन् ।

गुम्बा गाउँका मतदाताले उम्मेदवार मन नपरेर वा बहिष्कार नीतिका कारण भने मतदान नगर्ने निर्णय गरेका होइनन्, मतदान गरेर घर आइपुग्दा तीन दिन बित्ने भएपछि खर्च र समयको बर्बादी हुने भन्दै उनीहरु मतदान नगर्ने निर्णयमा पुगेका हुन् ।

२६ परिवारको थातथलो रहेको लाम्पाटा र गुम्बा गाउँका मतदाताका लागि निर्वाचन कार्यालयले डेढ दिन हिँडेर मात्र पुगिने गंगा आधारभूत विद्यालय बौडीमा मतदान केन्द्र कायम गरिदिएपछि उनीहरु रहर हुँदाहुँदै बाध्यतावश मतदान नै नगर्ने निष्कर्षमा पुगेको छ

२०७४ वैशाख १० गते ६:४२ मा प्रकाशित


Facebook Comment


No ads found for this position