यस्ता छन माओवादी केन्द्रले घोषणा गरेका काठमाडौका नौ नगरपालिकाका उम्मेदवार

काठमाडौ : नेकपा माओवादी केन्द्रले काठमाडौमा नौ वटा नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । नौ वटा नगरपालिका मेयर,उपमेयर र वडा अध्यक्ष र सदस्यहरुको शनिवार उममेदवारी घोषणा गरिएको सो पार्टीका नेता लेखनाथ न्यौपानले जानकारी दिए । टोका नगरपालिकाकी मेयर कल्पना शर्मा माओवादी केन्द्रका नेता दिनानाथ शर्माका छोरी हुन ।

सो पार्टीले काठमाडौ महानगरपालिकामा भने उम्मेदवार छनौट गर्न सकेको छैन । स्रोतका अनुसार पार्टीबाट सर्वोत्तम डंगोलको सिफारिस गरिएको भएपनि कसलाई मेयरको उम्मेदवार बनाउने भन्नेमा नेतृत्व तहमा सहमति जुटन सकेको छैन ।

शंखरापुर : मेयर कृष्णराज सुवेदी र उपमेयर इन्दा तामाड़
मनोहरा कागेश्वरी : मेयर महेश्वर फूँयाल र उपमेयर रूकु रणपाल
गोकर्णेश्वर : मेयर टिआर नेपाल र उपमेयर रेणु कार्की
बुढानिलकण्ठ : मेयर रविन अधिकारी र उपमेयर होम कुमारी दुलाल
टोखा : मेयर अधिवक्ता कल्पना शर्मा र उपमेयर दिपक बानियाँ
तारकेश्वर : मेयर धनलाल महर्जन र उपमेयर विना राना
नागार्जुन : मेयर कुमार तामाड़ र उपमेयर देवकी पौडेल
चन्द्रागिरी : मेयर श्रीकृष्ण श्रेष्ठ र उपमेयर अधिवक्ता उर्मिला रोका
दक्षिणकाली : मेयर संजय लामा


Facebook Comment


No ads found for this position