पर्यटन बोर्डले सार्वजनिक गर्‍यो ‘वेलकम नेपाल’ एप

काठमाडौंः नेपाल पर्यटन बोर्डले नेपालका प्रमुख पर्यटकीय गन्तव्य र विभिन्न क्रियाकलाप समेटिएको मोबाइल एप ‘वेलकम नेपाल’ को सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय र आन्तरिक पर्यटकहरुलाई लक्षित र मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यो मोबाइल एप विकास गरिएको पर्यटन बोर्डले जनाएको छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी यो मोबाइल एप सम्पूर्ण नभएर प्रारम्भीक चरणको रहेकाले आगामी दिनमा आइवोएस प्लेटफर्ममा शुभारम्भ गरिने बताउनुभयो। एपलाई एक पटक एप डाउनलोड गरिसकेपछि इन्टरनेटबिना पनि प्रयोग गर्न सकिनेछ। सरल र सहज रुपमा हात हातमा पुग्नु र अद्यावधिक सूचना र जानकारी प्रदान गर्ने हुनाले यसको उपयोगिता बढ्ने देखिन्छ।

मोबाइल एपमा नेपालका अधिकांश पर्यटकीय गन्तव्य, ट्रेकिङ रुटलगायत पर्यटनसँग सम्बन्धीत सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने छ। मोबाइल एपमा नेपाली पर्यटनबारे सम्पूर्ण जानकारी राखिएकाले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ। हाल यो एन्ड्रोइड भर्सन गुगल प्ले स्टोरमा उपलब्ध छ ।


Facebook Comment


No ads found for this position