बाह्रसिङ्गे लिन चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकसहितको टोली शुक्लाफाँटा जाँदै

चितवन, ११ वैशाख । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाह्रसिङ्गे ल्याउन चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकसहितको टोली आज त्यसतर्फ गएको छ ।

शुक्लाफाँटामा यसै वर्ष पाँच एकसिङ्गे गैंडा लगिएको थियो । गैंडा स्थानान्तरणकै समयमा बाह्रसिङ्गे ल्याउने तयारी गरिए पनि प्राविधिक कठिनाइका कारण ल्याउन नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो ।


Facebook Comment


No ads found for this position