सावधान । जथाभावी सडक पार गर्नेलाई कारवाही हुने

ट्राफिक प्रहरीले अब जथाभावी सडक पार गर्नेलाई कारवाही गर्ने भएको छ ।

जेठको पहिलो साताबाट ट्राफिक प्रहरीले सडक पार गर्दा जेब्राक्रस र आकाशे पूल प्रयोग गर्ने पैदल यात्रुलाई दुई सय रुपैयाँ जरिवाना गर्न लागेको हो । महानगरीय ट्राफिक प्रहरीले आज जनचेतनामुलक अभियान प्रारम्भ गर्दै जथाभाबी सडक पार गर्नेलाई  जरिवाना र कारवाही हुने जानकारी दिएको हो । जरिवाना तिर्न नसक्नेले भने प्रहरीको नियन्त्रणमा बस्नुपर्ने छ । जेब्राक्रसमा पैदलयात्रु देखेर पनि सवारी नरोक्ने चालक पनि कारवाहीमा पर्ने छन् । सवारी चापलाई व्यवस्थित गर्दै दुर्घटना न्यूनिकरणका लागि पैदलयात्रु सुरक्षा अभियान ल्याइएको ट्राफिक प्रहरीको भनाइ छ । जनचेतनामूलक अभियानका लागि काठमाडांैमा रहेका २६ वटा सामुदायिक प्रहरी कार्यालयका जनशक्ति परिचालित छन् । महानगरीय ट्राफिक महाशाखाले वैशाख १ गतेबाट ‘हर्न’बजाउन रोक लगाएको छ ।। 


Facebook Comment