प्राकृतीक सम्पदाले धनी ‘रिप्चेत’

गोर्खाको विकट गाउ रिप्चेत , जहाँ भूकम्पले दिएका घाउहरु अझै पनी उस्तै छन । तर प्राकृतीक सम्पदाले धनी ‘रिप्चेत’ आफ्नो सुन्दरता देखाउदै मुस्कुराई रहेको थियो ।

भत्काएका संरचना निमाणकार्य भर्खरै मात्र केहि सकिएको र केहि बाकि रहेका छन् ।रिप्चेतको सुन्दरताले जो कोहिलाई मोहित बनाउने खालको छ ।

यहाबाट गणेश, श्रृङ्गी, लङ्जुलगायतका हिमालको अवलोकलन गर्न सकिन्छ । सायद त्यसैले होला एसओएस नेपाल र स्टेप जिरो वानले हिमालय पिस एजुकेसन फाउन्डेसनको समन्वयनमा सिप्चेत प्राथमिक विद्यालय भवन निर्माण गरिदिएका छन ।

सिप्चेतको सुन्दरताले मन्त्रमुक्त भएर शिक्षाको उज्यालो छर्न प्रसिद्ध पर्वतारोही स्टेफन केक, जोसेफ इनवलर र हयान्स आर्कसहितको सक्रियतामा भर्खरमात्र यहा विद्यालय निमार्णकार्य सम्पन्न भएको छ .

 

विद्यालय बनाउने क्रममा हेलिकप्टरबाट सामान ढुवानीमा सहयोग गरेका अस्ट्रियाका हयान्स आर्कको दुर्घटनामा परी निधन भएपछि उनको स्मृतिमा विद्यालय बनाइएको हो । विद्यालयमा त्यस क्षेत्रका २१ छात्रासहित ३० विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठिन्ले ग्याम्जो लामाले बताए ।

एक कार्यक्रको आयोजना गरि पर्वतारोही स्टेफेन केक र फाउन्डेसनका अध्यक्ष राजेन्द्र लामाले व्यवस्थापन समितिलाई विद्यालय भवन हस्तान्तरण गरेका थिए । सदरमुकाम गोर्खाबजारबाट तीन दिनको पैदल यात्रामा पुगिने चुम उपत्यकाको रिप्चेत करिब दुई हजार ४७० मिटरको उचाइमा अवस्थित छ ।


Facebook Comment


No ads found for this position