बिना अनुमती पारा मोटर उडाउने २ जना पक्राउ ‘फोटो फिचर’

बिना अनुमती पारा मोटर उडाउने २ जनालाई प्रहरीले आईतवार पक्राउ गरेको छ ।

 

गुलरिया नगरपालिका वडा न.६ का अव्दुल सलामले वनाएको पारामोटर भारत गुजरातका ३५ बर्षिय निरज हुड्डाले परिक्षणको रुपामा  बर्दियाको गुलरिया कारगार नजिकरहेको कवर्ड हलमाथिको आकाशमा उडाएका हुन् ।

फेसवुकको माध्यमवाट बर्दियाका अव्दुल कलाम संग  सम्पर्क भई यहि मार्च ४ तारेखका दिन नेपाल आएको पारा मोटर चालक भारत गुजरातका निरजले वताए ।

उनले पारा मोटर आफूले नवनाएको उडानमात्र गरेको प्रहरीलाई वताएका छन् । पुलिस प्रशासनलाई जानकारीनै नगराई सुरक्षा संवेदन शिलतालाई ख्यालनराखि अवैधानिक तवरले परिक्षणरुपमा पारामोटर उडाएको कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत बहादुर बोहोराले वताए ।

प्रहरीले सम्पूर्ण उडान सामाग्री सहित दुईजनालाई अनुसन्धानका लागि राखेको वताएको छ । सो पारामोटर पल्सर मोटर साईकलको ईन्जनबाट वनाईएको निर्माण कर्ता अव्दुल सलामले वताए ।


Facebook Comment