Blackjack Club Canada: Due to the different navigation bars, mainly in the top of the page, you are always only one click away from popular sections such as Promotions, Support, Loyalty Program, and Banking.
  • Free Spins Casino Real Money - The big draw game will take place on Monday, May 20th, 2024.
  • Premium Roulette European: Comparing a patent bet to Trixie, any one winning choice from your three selections is enough to generate a return for you in a patent bet.
  • Online cryptocurrency casino games pages

    Online Casino Uk Free Play
    The team here work hard to come up with innovative new promotions that they think players will love each month.
    Keno Online Gambling Sites
    As for its design in acoustics, there is a significant weakness that appears in this game in music.
    If 5, 6, 7, or 8 is rolled, you lose.

    Min raise no limit poker

    Video Slots Casino Login
    The user should confirm their registration by clicking on the link provided in the email on the mailbox.
    Cabaretclub Casino No Deposit Bonus 100 Free Spins
    You then simply choose the amount you want to deposit and its instantly available.
    Casino All Uk

    सुडान घोटालामा प्रहरीका तीन पूर्वमहानिरीक्षकलाई जेल सजाय

    सर्वोच्च अदालतले सुडानको डार्फरमा पठाइएका प्रहरीलाई चाहिने एपिसी लगायतका सामान खरिदमा घोटाला गरेको भन्दै तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ्ग र रमेशचन्द ठकुरीलाई जरिवाना र कैद सजाय सुनाएको छ।


    प्रधानन्यायाधीश शुसीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङ र ठकुरी १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो। त्यसैगरी पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई छ महिना कैद र ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह सांग्देनलाई १ वर्ष कैद र ४० हजार जरिवाना गर्ने फैसला भएको छ।

    उनीहरुलाई अख्तियारले युएन शान्ति मिसन सुडानमा खटिएको नेपाल प्रहरीका लागि चाहिने एपिसि लगायतका वन्दोवस्तीका सामानहरुको खरिद गर्दा सरकारलाई आर्थिक हानी पुराएको अभियोग लगाएको थियो।
    यस्तो अभियोग लगाउँदै २०६८ साल जेठ २४ गते अख्तितियारले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको थियो।
    ‘एपिसि लगायत सामान खरिद गर्दा योजना तर्जुमा, लागत अनुमान, दरभाउ पत्र लिने, खरिद ठेक्का पट्टा दिने, भुक्तानी दिने लगायत काममा नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदारहरु मिलेर नेपाल सरकारलाई २८ करोड ८१ लाख ६१ हजार ६सय २९ रुपैँया हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेकाले भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाही गरिपाउँ,’ अभियोग पत्रमा उल्लेख थियो।

    सुडान मिसनको लागि बन्दोबस्ती सामान पठाउन ठेकेदारसँग समेत मिलेमतो गरी सरकारको २९ करोड हिनामिना गरेको भन्दै तीन पूर्वप्रहरी महानिरिक्षक सहित ३६ जना विरुद्ध अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेको थियो।

    विशेषले २०६८ साल फागुन १ गते ती मध्ये ओमविक्रम राणालाई दुईवर्ष कैद र १७ करोड ६ लाख जरिवाना, सुनाएको थियो। हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख जरिवाना र दुई वर्षकैद सुनाएको थियो।
    अख्तियारले विगो बमोजिमको जरिवाना माग गरेपनि विषेशले उनीहरुलाई जरिवानामात्रै भराउने फैसला गरेको थियो। पूर्वमहानिरिक्षक रमेशचन्द ठकुरीलाई भने विगोबमोजिम ४ करोड ५८ लाख र दुईवर्ष जेल सजाय तोकेको थियो।

    प्रहरीलाई सुडानको डार्फरका लागि एपीसी लगायत सामान बेच्ने बेलायती कम्पनी एस्योर्ड रिक्स र त्यसका स्थानीय ठेकेदार शम्भु भारतीलाई १४ र १४ करोड विगोबमोजिम जरिवाना सुनाएको थियो। भारतीलाई भने एकवर्ष कैद सुनाएको थियो। सर्वोच्चको फैसलाले विशेष अदालतको यो फैसलालाई सदर गरेको छ।

    एस्योर्ड रिक्स कम्पनीका मुख्य डाइरेक्डर माइकल राइडरलाई भने भ्रष्टाचार भएको सम्पूर्ण रकम झण्डै २९ करोड बराबरको विगो तिर्नुपर्ने फैसला विषेशले सुनाएको थियो। उनलाई २ वर्ष जेल सजाय समेत सुनाएको थियो। यसलाई पनि सर्वोच्चले सदर गरेको छ।

    विषेशको फैसला चित्त नबुझेको भन्दै यी सबै सर्वोच्च अदालतमा पुनरावेदन निवेदन लिएर पुगेका थिए।


    Facebook Comment


    No ads found for this position