राप्रपाले सरकारबाट बाहिरिने

काठमाडौं । सरकारमा सहभागि तेस्रो ठ्लो दल राप्रपाले सरकारबाट बाहिरिने भएको छ । सत्तासिन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि त्यसमा असहमति जनाउँदै राप्रपाले सरकार छाड्ने निर्णय गरेको हो । यस बिषयमा औपचारिक निर्णय गर्न सो पार्टीले भोलि विहान केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बिहान ११ बजेका लागि बोलार्ईएको सो बैठकले सरकारबाट बाहिरिने बिषयमा औपचारिक निर्णय गर्ने तयारी गरेको छ । महाअभियोगका विषयमा छलफल नगरेको र अनाबश्यक रुपमा प्रस्ताव ल्याइएको भन्दै राप्रपाले सरकार छाड्ने निस्कर्ष निकालेको एक उच्च नेताले नेपालपाटीलाई जानकारी दिए ।

स्रोतका अनुसार सरकार छोड्नु अघि पार्टी अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहालसग भेट गरेपछि सरकार छाड्ने बिषयमा टुंगो लाग्ने छ ।


Facebook Comment


No ads found for this position