प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोगमा के के आरोप छन्?

१७ बैशाख, काठमाडौं । सत्तारुढ कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्। उनीहरुले कार्कीलाई कार्यकारीको अधिकारमा हस्तक्षेप गरेकोदेखि न्यायाधीशहरुलाई फरक व्यवहार गरेको आरोप लगाएका छन्। कार्कीमाथि लागेको पहिलो आरोप प्रहरी महानिरीक्षकको नियुक्तमा कार्यकारीको अधिकारीमाथि हस्तक्षेप गरेको हो।

गत फागुनमा डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउन सरकारको निर्णय सर्वोच्चले खारेज गरिदिएको थियो। कार्कीमाथि लागेको अर्को आरोप हो, कार्यसम्पादन क्षमताको अभाव हो।

त्यस्तै व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गरेको, न्यायाधीशहरुमाथि फरक/फरक व्यवहार गरेको र न्यायालयमा गुटबन्दी गर्न खोजेको आरोप पनि प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको छ।


Facebook Comment


No ads found for this position