मधेसमा ठूला पार्टीको ध्यान, मोर्चाले अब के गर्ला ?
८ जेठ, काठमाडौं । दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा मधेसी मोर्चाले निर्वाचनमा भाग लिन्छ कि लिँदैन भन्ने अन्यौल अझै सकिएको छैन । यद्यपि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले चुनावमा सहभागिता जनाउने सम्भावना बढी देखिएको छ । त्यस्तै राजपाले पनि निर्वाचनमा भाग लिने सम्भावना रहेको नेताहरु बताउँछन् ।
तर, उपेन्द्र यादवले मधेसमा तालमेल गरेर चुनाव लड्न राजपा नेताहरुसँग प्रस्ताव राखेका छन् । पहाडमा पनि संगठन रहेको र नयाँशक्तिसँग सहकार्य गरिसकेको अवस्थामा मधेसीमा तालमेल गरिएको अवस्थामा कांग्रेस-एमालेलाई समेत जित्न सकिने दाबी यादवको देखिन्छ ।
तर, राजपाका नेताहरु उपेन्द्र यादवसँग तालमेल गर्न त्यति इच्छुक देखिँदैनन् ।
राजपा र फोरमवीच तालमेल भएन भने तराई मधेसमा एमाले, कांग्रेस र माओवादीलाई फाइदा पुग्ने र मधेसी मोर्चाको हालत राप्रपाको जस्तै बन्न सक्ने डर मधेसी नेताहरुमा देखिन थालेको छ ।
उता प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पनि मधेसमा मोर्चासित तालमेल गर्ने आशा लिएको प्रधानमन्त्रीको अभिव्यक्तिले देखाएको छ । तर, फोरमले नयाँशक्तिसँग तालमेल गरिसकेको अवस्थामा अब मधेस केन्दि्रत दलहरुले प्रचण्डसँग सहकार्य गदर्लान् या बाबुरामसँग ? यो पनि निकै रोचक प्रश्न बनेको छ ।
विशेषतः मधेस केन्द्रित दलहरुसँग तीन वटा विकल्प देखिन्छन्ः
एउटा- राजपा र फोरम एक्लाएक्लै चुनावमा लड्ने । दोस्रो- मधेसी मोर्चामा आवद्ध दलवीचमा मात्रै सहकार्य गर्ने । तेस्रो- एमाले र कांग्रेस बाहेकका दलहरुवीच तालमेल गर्ने ।मधेसमा एमाले-मधेसी मोर्चा वा कांग्रेस-मोर्चा तालमेलको सम्भावना अलि कमै देखिन्छ ।साभार अनलाईनखबर