इतिहासमै सबै भन्दा धेरै ३७५ जना आरोही विश्वको सर्वोच्च शिखर चुम्ने तरखरमा

इतिहासमै सबै भन्दा धेरै ३७५ जना आरोही विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणकालागि यो सिजन सगरमाथा क्षेत्रमा पुगेका छन् । मंगलवार साँझ पर्यटन विभागको आरोहण शाखालाई प्राप्त विवरण अनुसार ५२ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् भने ४२ ओटा आरोहण दलका ३७५ आरोहीहरु मध्ये ३ सय २१ जना अझै ओरोहण प्रयासमा छन् ।

आइतबारबाट मौसम बिग्रिएपछि आरोहणमा समस्या भएको छ । सगरमाथा आरोहण प्रयसकै क्रममा भारतीय नागरिक रबी कुमारको साउथ पोल र ५३ वर्षीय अमेरिकी नागरिक रोनाल्ड यरउल्डको बाल्कनीमा मृत्यु भएको विभागले जनाएको छ । तर उनीहरुको मृत्यु शिखर चढेर फर्कदा भयो या चढ्न जाँदै गर्दा भएको भन्ने पुष्टी हुन नसकेको विभागका ओरहण शाखा प्रमुख कमलप्रसाद पराजुलीले बताए ।

अहिलेसम्म कै धेरै आरोहीहरु सगरमाथा चढ्न थालेको भन्दै पर्यटन व्यवसायीहरु उत्साहित भएका छन । महाभूकम्प र नाकाबन्दीपछि सुस्ताएको पर्यटन क्षेत्रमा सुधारका संकेतको रुपमा यो सिजनको सगरमाथा आरोहणलाई लिइनु पर्ने व्यवसायीहरुको तर्क छ ।

मौसम अनुकुल हुने भएकाले अंग्रेजी महिनाको अप्रिल पहिलो सातादेखि मे अन्तिमसम्म सगरमाथा चढ्न उपयुक्त समय मानिन्छ । यसबर्ष सगरमाथा चढ्नेहरुमा अमेरिकी नागरिकहरु धेरै रहेको पर्यटन विभागले जनाएको छ ।


Facebook Comment


No ads found for this position