पाँचजना गोरखालीले गरे सगरमाथा आरोहण

गोरखा स् गोरखाका पाँचजनाले यो साता विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । धार्चे गाउँपालिका ४ लाप्राकका सुमन गुरुङ र युक्त गुरुङ, धार्चे ५ लप्सीबोटकी नानुमाया गुरुङ, सुलीकोट ३ स्वाँराका अनुप गुरुङ र अमित केसीले सगरमाथा आरोहण गरेका हुन ।
२३ वर्षकी मायाले गत सोमबार आठ हजार आठ सय ४८ मिटर अग्लो शिखर चुम्नुभएको हो । शेर्पा सेफर एक्सिपिडिसन कम्पनीबाट उनीहरुले सगरमाथा शिखरमा पाइला टेकेका हुन  । ‘अघिल्लो साँझ आठ बजेदेखि हामीले आरोहण सुरु गरेका थियौुं, उनीहरुले बताए , ‘साढे आठ घन्टाको मेहनतपछि बिहान साढे चार बजे शिखरमा पुगियो । १० मिनेट मात्र बसेर फोटो खिचेर फर्किएको समेत बताए  ।
उनीहरुको टिममा सिन्धुपाल्चोककी कान्छीमाया तामाङ र गोरखाकै अमित केसी थिए । दुई महिना अघिदेखि मात्र उनले सगरमाथा आरोहणको मानसिकता बनाएको बताए  । पहिलो प्रयासमा सगरमाथामा पाइला राख्न सफल भएपछि उनी उत्साहित भएको बताए  । यही सफलताले मायालाई जीवन नै हिमाल आरोहण गरेर बिताउने रहर जगाइदिएको छ । ‘रहर त हिमाल आरोहणमा जीवन बिताउने छ  उनले बताउदै  ‘हेरौं अब के हुन्छ   भाग्यले साथ दिएसम्म हिमाल चढ्नेछु ।ु उनले हिमाल चढ्नुअघि हाइमाउन्टेनियरिङ ट्रेनिङ, रक क्लाइम्बिङ र बेसिक ट्रेनिङ लिएका थिए । यसअघि उनले  पिक आइल्यान्ड आरोेहण समेत गरि सकेका छन् ।
उनले आउँदो शरदयाममा गोरखाकै मनास्लु आरोहणको तयारीसमेत गरेको बताए  । लाप्राकका ३२ वर्षीय सुमन गुरुङले पनि २२ तारिखमै सगरमाथा आरोहण गरेका छन् । माया र उनी छुट्टाछुट्टै समूह थिए। सुमन ट्याग नेपाल नामक कम्पनीबाट आरोहीको साथमा उनीहरु गएका हुन ।उनी अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक पनि हुन। साँझ आठ बजदेखि लगातार हिँडेर सुमनले बिहान पाँच बजे सगरमाथाको शिखर चुम्न सफल भएका हुन ।उनको टिममा एक विदेशी र पाँचजना नेपाली थिए ।


Facebook Comment


No ads found for this position