मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नम्वर १९ मा पुन मतदान गर्न माग : स्थीती तनावपूर्ण

नेपाली काँग्रेस चितवन र माओवादी केन्द्रले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नम्वर १९ मा पुन मतदान गर्न माग गरेको छ ।

भने एमालेले रोकिएको मतगणना तत्काल शुरु गर्न माग गरेको छ । एमालेले कुनैपनि हालतमा पुन मतदान हुन नहुने वताउदै आएको छ । नेपाली काँग्रेसको चितवनको आकस्मिक बैठकपछि आज एक विज्ञप्ती जारी गर्दैै नेपाली काँग्रेसले निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुन मतदानको माग गरेको हो ।  जिल्ला सभापति जितनारायणश्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा सो कुरा उल्लेख छ ।गएराती मतगणना भैरहेको अबस्थामा मतपत्र च्यातीएको घटनाको खेद व्यक्त गर्दै नेपाली काँग्रेस चितवनले घटनाको सत्यतथ्य छानविन गर्न र दोषिमाथी कारवाहीको समेत माग गरेको छ । पटक पटक मतगणना व्यवस्थितगर्न माग गर्दा व्यवस्थीत नगरिएकाले उक्त घटना भएको काँग्रेसको निष्कर्ष छ ।  काँग्रेसद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘वडा नम्बर १९ को मतपरिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएको हुँदा स्थानियतह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुन मतदान सुचारु गर्न समेत जोडदार माग गर्दर्छौं ।’त्यसैगरी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहालले एभिन्यूज टेलिभिजनसंग कुरा गर्दै वडा नं १९ को पुन मतदान गर्न माग गर्नुभएको छ ।

उहाले गणनाको क्रममा विवाद भएपछि तानातान हुदा मतपत्र च्यातिएको दावी गरेका छन् । आफ्नो पार्टीका कार्यकर्ताहरुलाई पक्राउ गर्नुको कुनै कारण नभएको भन्दै उनले एमालेका उमेद्वार हार्ने डरले भाडेको आरोप लगाएका छन् । त्यसैगरी नेकपा एमालेले पनि आज भरतपुर पत्रकार सम्मेलनको आयोजना गर्दै तत्काल मतगणना अगाडि वढाउन माग गरेको छ । गठवन्धनका उमेद्वार हार्ने संकेत भएपछि माओवादीका कार्यकर्ताहरुले वादरे शैलीमा मतपत्र च्यातेको एमालेको दावी छ । एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले तत्काल मतगणना शुरु नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन् । गएराती पौने एघार बजे भरतपुर महानगरको मतगणना स्थलमा मतपत्र च्यातिएपछि अहिले यहाँ मतगणना स्थगित भएको छ । महानगरका २९ वडा मध्ये २७ वडाको मतगणना भईसकेको छ । वडा नम्वर १९ को मतगणना हुदाँ हुदै मतपत्र च्यातिएको हो भने २० नम्वरको मतगणना गर्न वाँकि छ । मतपत्र च्यातिएपछि मतगणनास्थलमा शिल गरिएको छ । गणनास्थलमा सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । निर्वाचन आयोगले के निर्णय गर्छ भन्नेमा सवैको ध्यान गएको छ ।


Facebook Comment


No ads found for this position