एनसेलले पनी शुरु गर्‍यो फोरजी सेवा, १ जिबी डेटा भोल्युम निःशुल्क

एनसेलले फोरजी एलटिई सेवा सूरु गरेको छ। अब एनसेलका ग्राहकले अब फोरजी लङ्ग टर्म इभोलुसन एलटिई सेवाको मज्जालिन सक्नेछन् । एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरेको गरेको जनाएको छ ।


फोरजी सेवाचल्ने नयाँ सिमकार्ड लिएका तथा फोर जीचल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले यही बिहीबार ९जेठ १८० बाट काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको लाभ लिन सक्नेछन् ।

प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको होे, जसले बहुप्रतिक्षितउच्चस्तरिय डेटा सेवामाग्राहकको पहुँच सुनिश्चितगर्ने छ । “हामीप्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामाअघि बढाएको छ । हामीमा विश्वास गर्नेसबै प्रति हामी आभारी छौं । प्रविधि तटस्थताकाको उच्चतम सदुपयोग गर्दै डिजिटल नेपालको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि योगदान पुर्‍याउन हामी कटिबद्ध छौँ ,” एनसेलकाप्रबन्धनिर्देशक साइमनपर्किन्स्ले भने ।

यसै प्रतिबद्धता बमोजिम एनसेलले आगामी ७ महिना सम्ममा ९अर्थात् सन् २०१७ को अन्त्य सम्ममा०कुलजनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्‍ याउने लक्ष्यलिएको छ । यसका लागि कम्पनीले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको छ ।

फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले आफूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमागई फोरजीचल्ने सिम ९युसिम० सँग निःशुल्क साट्न सक्छन् । नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गर्नेछन् ।

नयाँप्रविधिमा आधारित सेवा संचालनमा ल्याएको अबसरमा बिहीबार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिन समयावधि रहेको १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ । साथै असार १६ गतेसम्म फोरजी सेवालिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न सक्नेछन् । यस बाहेक कम्पनीले चाँडै नै डिभाइस सर्भिस बण्डलिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने छ ।


Facebook Comment


No ads found for this position