श्री एयरलाइन्सको दोस्रो जहाज काठमाडौंमा, अर्को पनि ल्याइँदै

रबिन्द्र घिमिरे वैशाख, काठमाडौं । हेलिकोप्टोर उडानमा प्रशिद्धी कामएको श्री एयरलाइन्सको दोस्रो जहाज शनिबार काठमाडौं आइपुग्दैछ । श्री एयरलाइसन्सको दोस्रो विमान ९एन एएमए साँझ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

५० सिट क्षमताको विमान यो विमान आएसँगै श्री एयरलाइन्सको विमानमार्फत आन्तरिक हवाइ उडान गर्ने तयारी अन्तिम चरणमा पुग्नेछ । श्री एयरलाइन्सले वैशाखको अन्तिमसम्म उडान थाल्ने योजना बनाएको कम्पनीका कर्पोरट म्यानेजर अनिल मानन्धरले बताए ।

शनिबार श्रीको ‘बम्वार्डियर सीआरजे-२००’ सिरिजको विमान आउन लागेको हो । ८७ फिट लम्बाई र २० फिट अग्लो हुने नयाँ आउने विमान विमानका पखेटाको क्षेत्र भने ६९ फिट हुनेछ । यो जहाज ७५ फिटमा टर्निङ गर्न सक्ने खालको हुनेछ । यसअघि पनि श्रीको यस्तै एउटा विमान काठमाडौं आइसकेको छ ।

श्रीको आज अवतरण हुने विमान युरोपबाट भारत हुँदै ल्याइएको हो । श्रीले नियमित उडानको आन्तरिक हवाइसेवा दिने गरी अनुमति पाइसकेको छ । श्रीले १७ वर्षदेखि हेलिकोप्टर उडान गरिरहेको छ ।

अब नियमित उडानमा पनि सेवा विस्तार गर्न लागेको कर्पोरट म्यानेजर मानन्धरले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणमा उडान तालिका स्वीकृतिका प्रक्रिया सुरु भएको उनले बताए ।

कम्पनीले जर्मनीमा बनेको अर्को एउटा विमान पनि युरोपबाटै ल्याउँदैछ । नयाँ विमान पनि केही दिनभित्रै आइसक्ने मानन्धरले बताए । कम्पनीले अब अर्को सीआरजे-७०० मोडलको विमान ल्याउने छ । सीआरजे-७०० भने ७० सिट क्षमताको हुनेछ ।

क्यानडामा निर्माण भएको यो जहाज आएपछि कम्पनीले तालिकाबद्ध उडान भर्ने जनाएको छ ।’भित्रिएको विमानको रंगरोगन र ब्यवस्थापनको काम भइरहेको छ । जतिसक्दो छिटो उडान सुरु गर्ने तयारीमा हामी लागेका छौं’ मानन्धरले भने ।

अहिले ३ वटा ल्याएपछि अर्को एउटा विमान पनि ल्याउन कम्पनीले तयारी गरिरहेको छ । तर, त्यसको प्रक्रिया भने टुंगिएको छैन ।

श्रीले केही सातामै प्रक्रिया पुरा गरेर कम्पनीले नियमित उडान थाल्नेछ । कम्पनीले आफ्नो उडानलाई बढी यात्रुको चाप हुने विमानस्थलमा केन्दि्रत गर्न लागेको छ ।

नयाँ आउने विमानहरु दूर्गम क्षेत्रका विमानस्थलमा अवतरण गर्न नसकिने खालका भएकाले सुगम क्षेत्रमा नै कम्पनी केन्दि्रत हुनेछ ।

श्रीले जहाजमार्फत नियमित रूपमा नेपालगञ्ज, भद्रपुर, धनगढी, भैरहवा र विराटनरमा आफ्नो उडान भर्ने योजना बनाएको छ । श्रीले अहिले ८ वटा हेलिकोप्टरमार्फत सेवा दिइरहेको छ ।

कम्पनीले हाल एमआई-१७ का ६ वटा र युरोपियन कम्पनी एस-३५० बी३ई २ वटा हेलिकप्टरमार्फत उडान गरिरहेको छ ।


Facebook Comment


No ads found for this position