स्थानीय चुनावमा कुन उम्मेद्वारले कति खर्च गर्न पाउँछन् ?

बैशाख १९, काठमाडौं– बैशाख ३१ हुने पहिलो चरणको चुनावका लागि आज देशका तीन प्रदेशमा उम्मेदवारको मनोनय शुरु भएको छ । ३ वटा प्रदेशका २ सय ८३ वटा स्थानीय तहमा पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन हुँदैछ ।
उम्मेदवारी मनोनयपछि सवै उम्मेद्वारले आक्रामक चुनावी प्रचारमा उत्रनेछन् । यस्तो, अबस्थामा उम्मेदवारले कति खर्च गर्न पाउँछन त ? यस विषयमा निर्वाचन आयोगले आगामी वैशाख ३१ का लागि तय गरेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूले खर्च पाउने सीमा तोकेको छ ।
गत फागुन २८ मै आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारलगायतका अन्य कार्यमा खर्च गर्न पाउने विषयमा हद तोकेको थियो ।
आयोगका अनुसार जिल्ला समन्वय समितिका वडा सदस्यले सबैभन्दा कम खर्च गर्न पाउनेछन् । वडा सदस्यले बढीमा रु एक लाख ५० हजार र सबैभन्दा धेरै खर्च गर्न पाउने महानगरपालिकाका प्रमुख र उपप्रमुखले रु सात लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।
महानगरपालिकाका वडा अध्यक्षको चुनाव खर्चको सीमा तीन लाख तोकिएको छ भने उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखले पाँच लाख ५० हजार र वडा सदस्यले रु दुई लाख ५० हजार चुनावमा खर्च गर्न पाउनेछन् ।
यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुखले चार लाख ५० हजार र वडा सदस्यको खर्च दुई लाखमात्रै गर्न पाउने व्यवस्था गरिएको छ । गाउँपालिका प्रमुख र उपप्रमुखले तीन लाख ५० हजार र वडाअध्यक्षले क लाख ५० हजार खर्च गर्न पाउनेछन् ।
त्यसबाहेक जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले दुई लाख ५० हजार र सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउने गरी आयोगले सीमा तोकेको हो ।
उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन र घोडा, सवारी इन्धन र दाना, प्रचारप्रसार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालनलगायतमा खर्च गर्न पाउनेछन् ।


Facebook Comment


No ads found for this position