वैशाख ३१ गते सार्वजनिक विदा, शैक्षिक संस्था २५ देखि बन्द हुने

काठमाडौं । निर्वाचन आयोगले वेशाख ३१ गते आइतबार सार्वजनिक विदा दिन सरकारसमक्ष प्रस्ताव गरेको छ । स्थानीय तहको चुनाव हुने ३ प्रदेशका ३४ जिल्लामा सो दिन सार्वजनिक विदा दिने प्रस्ताव आयोगले सरकारलाई गरेको हो ।


त्यस्तै, सम्पूर्ण सरकारी तथा निजी शैक्षिक संस्थाहरु वैशाख २५ देखि ३१ गतेसम्म विदा दिन पनि आयोगले सरकारलाई प्रस्ताव गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
तीन प्रदेशका ३४ जिल्लामा २ सय ८३ स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुँदैछ । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ


Facebook Comment


No ads found for this position