स्थानीय चुनावमा ६० प्रतिशत स्थानमा जित्छौं: योगेश भट्टराई

२० बैशाख, काठमाडौं । नेकपा एमालेका प्रचार बिभाग प्रमुख योगेश भट्टराईले २ दशकको अन्तरालमा हुन लागेको स्थानीय चुनावमा आफ्नो पार्टीले ६० प्रतिशत स्थानमा जित हासिल गर्ने दावी गरेका छन् ।

एमाले नेता भट्टराईले एमालेको सुदृढ संगठन, बलियो जनाधार र एकताबद्ध नेतृत्व र सबल राख्नको लागि यो चुनाव आफ्नो पार्टीले नै जित्ने बलियो आधार पेश गरे ।

उनले भने, ‘हामी यो चुनाव ६० प्रतिशत भन्दा ज्यादा केन्द्रहरुमा विजयी हुन्छौं, किनकी हामीले लोकपि्रय नेताहरुको उम्मेद्धवारी दिएका छौं, केहि स्थानमा तालमेल पनि गरेका छौं ।’

उनले राप्रपासँग पार्टीले चुनावी तालमेल गरेको विषयलाई नौलो विषयको रुपमा नहेर्न समेत आग्रह गरे । भट्टराईले थपे, ‘कमल थापा सबैको नेतृत्व रहेको सरकारमा सहभागी हुनुभएको छ, ओलीजीसँग पनि हुनुभएको छ, क्रान्तिकारी पार्टी माओवादी अध्यक्ष प्रचण्डको नतृत्वमा पनि मन्त्री बन्नुभएको छ, यो नौलो कुरा होइन ।’ उनले स्थानीय तथा राष्ट्रिय आवश्यकताले गर्दा एमालेले चुनावी तालमेल गरेको स्पष्ट पारे ।

खनालको दावीप्रति टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने, ‘हामी पनि कम्बल ओढेर बसेका छैनौं र बस्दैनौं ।’ खनालले नेपालको इतिहासमै पहिलोपटक जनताको अधिकार घरदैलोमा जाने भएकोले स्थानीय तहको निर्वाचनमा जनताको उल्लेखनीय सहभागिता हुने विश्वास व्यक्त गरे ।

निर्वाचन भाँड्न ल्याइएको महाअभियोगको अस्त्र निस्फल

नेत भट्टराईले प्रधानन्यायाधिश सुशिलाकार्कीविरुद्ध ल्याएको महाअभियोग प्रस्तावको विरोध गर्दै वर्तमान सरकारले हठवाजी देखाएको समेत आरोप लगाए ।

उनले भने,’यो हठबाजी निर्वाचन भाँड्नको लागि हो, तर जनता जागेपछि कसैको केही लाग्दैन नि !’ देशले एमालेको नेतृत्व चाहेको उनको जीकिर थियो ।

भट्टराईले सत्तारुढ दलले अघि सारेको संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध ल्याईएको महाअभियोग प्रस्ताव दुवै फिर्ता नलिए आफ्नो पार्टीले सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘प्रचण्ड सरकारले बुद्धि पुर्‍याउँछ भने यो संशोधन विधयेक फिर्ता लिनुपर्छ, अब संशोधन प्रस्तावको औचित्य छैन, किनकि देश निर्वाचनमा होमिइसकेको छ, अब संसद खरिद बिक्री गरेर बस्ने बेला होइन ।’


Facebook Comment


No ads found for this position