नागार्जुन नगरपालिकाका नयाँ शक्तिका उम्मेद्वारको अपहरण

२० बैशाख, काठमाडौं । नयाँ शक्ति पार्टी,  नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई अज्ञात समूहले अपहरण गरेको छ ।

बुधबार साँझ ७:१२ बजे उहाँलाई काठमाडौंको नयाँबजारबाट ४ जनाको समूहले अपहरण गरेको हो । नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले आफ्ना उम्मेदवारलार्इ पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको नयाँ शक्तिको दाबी छ ।

नयाँ शक्ति पार्टी  नेपालले जित्ने पक्का भएकोले विपक्षीहरुले उम्मेद्वार अपहरण गरेको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताइन् । वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको र प्रहरीलाई खबर गरिएको उनेल बताइन् ।

हयसअघि गोरखाको भीमसेन गाउँपालिका वडा नं. ५ का वडाध्यक्षका उम्मेद्वारलाई पनि उम्मेद्वारी दिए ज्यान मार्ने धम्की दिइएको थियो ।


Facebook Comment


No ads found for this position