७४३ स्वदेशी तथा विदेशी आरोही सगरमाथा चुम्ने तर्खरमा

वसन्त ऋतु स्प्रिङको यो मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि ९९ समूह टोलीका ७४३ स्वदेशी तथा विदेशी आरोही गन्तव्य चुम्ने तर्खरमा छन् । यीमध्ये ४० ओटा समूहका ३७३ जना सगरमाथा आरोहणका लागि गएका छन् ।

आरोहण अनुमति लिनेक्रम अझै जारी रहेकाले आरोहणको अवधिसम्म यो संख्या बढ्ने पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागको विवरणअनुसार वैशाख २९ बाट सुरु भएको २०७३ को वसन्त ऋतुमा नेपालसहित ३० देशका ४०० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

११ दिनसम्म चलेको सगरमाथा आरोहणका लागि ३४ समूहको सहभागिता थियो ।

विभागका निर्देशक एवं प्रवक्ता दुर्गादत्त ढकालले यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता रहेकाले अघिल्लो मौसममाभन्दा आरोही बढ्ने बताए ।उनकाअनुसार यो मौसममा सगरमाथा आरोहणका लागि गएका आरोही अहिले तेस्रो क्याम्पसम्म पुगिसकेका छन् । अबको दुईसातापछि उनीहरु मौसम अनुकूल पारेर सगरमाथाको चुचुरोमा पुग्नेछन् ।

त्यस्तै, अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको आरोहणका लागि पनि समूह–समूहमा आरोही गएका छन् । रासस


Facebook Comment


No ads found for this position