कालिकोटमा विप्लव समूह र प्रहरीबीच झडप

तुलाराम पाण्डे

वैशाख २२, २०७४- स्थानीय तह चुनावको नजिँकिदै जाँदा कालिकोटको रास्कोट नगरपालिका ७ फुकोट पुच्छे गाउँमा झडप भएको छ । नेत्रविक्रम चन्द विप्लप समूहका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुई प्रहरी र एक स्थानीय घाइते भएका छन् । प्रहरीले बोकेको एकथान राइफल भाँचिएको छ । झडपपछि स्थानीय त्रसित छन् ।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिएको छ । झडपको क्रममा दुई महिलाको गहना हराएको प्रत्यक्षदर्शी कालीबहादुर महताराले बताए ।


Facebook Comment


No ads found for this position