पर्यटकको चाप बडेसंगै लुक्ला विमानस्थमा दैनिक डेढसय उडान

लुक्ला सोलुखुम्बु , विश्वकै ध्यान खिच्न सफल  तेन्जिङ हिलारी लुक्ला विमानस्थलले दैनिक डेड सयभन्दा बढी उडान भर्दै आएको छ । वैशाख ३ गते यस विमानस्थलबाट एक सय २५ उडान भएका नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । सगरमाथा आधार शिविरको मुख्य मार्गले गर्दा पर्यटक आवगमन तीव्र भएपछि उडानको संख्या दैनिक रूपमा बढ्दो रहेको प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर दीपक पोख्रेलले जानकारी दिएका छन् ।

गत चैत महिना नियमित उडानतर्फ सात सय ६४ र हेलिकोप्टरले एक हजार सात सय ५० गरी दुई हजार पाँच सय १४ वटा उडान गरेको पोख्रेलले बताए। जबर जस्त खतरा सूचीमा पारिएको यो विमानस्थल त्रिभुवन विमानस्थलपछिको व्यस्त विमानस्थल हो । उडान गर्न जहाजलाई भु बनावट अप्ठ्यारो, धावनमार्ग छोटो, साँघुरो, एक तर्फीबाट मात्र अवतरण गर्न सकिने, चाँडै मौसम परिर्वतन हुने र जहाज पार्किङ समस्या नै  यस विमानस्थलको मुख्य चुनौती हो । तर पनी  तारा, गोमा, सीता, सिम्रिक र नेपाल एयरलाइन्सले गरी दैनिक ६० देखि ७० वटासम्म नियमित उडान गर्ने गरेका छन् । हेलिकोप्टरले एक सय २० वटासम्म उडान गर्ने गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । चार वर्षअघि एकै दिन दुई सयसम्म उडान गरेको तथ्यांक छ ।धावनमार्ग छोटो र भू बनावट अप्ठ्यारो भएपछि लेट, डोरनियर, ट्विनअटरजस्ता जहाजले मात्र उडान भर्दै आएका छन् । विमानस्थलमा एक पटकमा चारवटा जहाज र पाँचवटा मात्र हेलिकोप्टर पार्किङ गर्न सक्ने क्षमता छ ।

उडान धेरै हुँदा जहाज र हेलिकोप्टर होल्ड हुनु पर्ने समस्या भएकाले तत्काल पार्किङ विस्तार गर्न सम्बन्धित निकायसँग माग गरिएको स्थानीय व्यवसायी टासी शेर्पाले बताएका छन । विमानस्थलमा एकतर्फी अवतरण गर्नुपर्ने भएकाले हावा चल्दा दुर्घटना हुने खतरा रहेको व्यवसायी बताउछन । स्थानीय पर्यटन व्यवसायीहरु भने संसारकै खतरनाक विमानस्थलको पगरी गुथेको पटक्कै मन पराउदैनन् । संसारकै डरलाग्दो ठाउमा किन यत्तिका उडान हन्छ त रु व्यवसायीका प्रश्न रहेको छ ।उनीहरुका अनुसार व्यस्त भएकाले प्राधिकरणले विमानस्थलबाट राम्रो आम्दानी गर्ने हुँदा यहाँबाट भएको आम्दानीलाई लुक्ला विमानस्थल विस्तारमा लगानी गर्न पर्छ । दुई हजार आठ सय ४० मिटर उचाइमा रहेको यस विमानस्थलमा एकै पटकमा आठवटासम्म जहाज उड्ने भएकाले अवतरण गर्न समस्या हुने गरेको प्राधिकरणको भनाइ छ । अधिकांश हेलिकोप्टर लुक्लामै बस्ने भएकाले अवतरण, वास, सुरक्षा र सञ्चार शुल्कबाट प्राधिकरणले राम्रो आम्दानी गर्ने गरेको छ । प्राधिकरणको नाफामा रहेको विमानस्थलमध्ये तेन्जिङ हिलारी विमानस्थल लुक्ला मुख्य हो ।लुक्ला विमान स्थललाई संसारकै डरलाग्दो विमानस्थलको पगरिलाई हटाएर यसलाई संसारकै राम्रो र व्यस्त विमान स्थल बनाउन तिर सबै एकजुट हुनुपर्ने व्यवसायीहरुको भनाई रहेको छ ।


Facebook Comment


No ads found for this position