कसलाई भोट हाल्नु हुन्छ ? भनी सोध्न पाइँदैन : आयोग

२३ बैशाख, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार वा राजनीतिक दलको परिणामसम्वन्धी कुनै मत सर्वेक्षण गर्न नपाइने बताएको छ ।

केही सञ्चार माध्यममा तपाई कसलाई भोट हाल्नु हुन्छ भनेर मतसर्भेक्षण तथा मतदाताको धारणा संकलन गरिएको पाइएपछि आयोगले ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आयोगले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ, आम जनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई वेवास्ता गरी नागरिक हकविपरीत सर्भेक्षण कार्य गर्न निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएको हुँदा यस प्रकारका सूचना, सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्न/नगराउन आयोगले निर्देशन दिएको छ ।’

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ को -त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ ।


Facebook Comment


No ads found for this position