८६ वर्षीया प्रख्यात आरोही मीनबहादुर शेरचनको निधन

काठमाडौं  विश्व रेकर्डका लागि सगरमाथा आरोहणमा हिडेका ८६ वर्षीया आरोही मीनबहादुर शेरचनको निधन भएको छ। म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेड नेपाल नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा हिँडेका थिए।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार शेरचनको शनिबार निधन भएको हो। शेरचन वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा हिड्नु भएको हो। शेरचन काठमाडौंबाट हेलिकोप्टरमा नाम्चे बजार हुँदै सगरमाथा आरोहणका लागि प्रस्थान गर्नु भएको थियो। शेरचनको आरोहणका लागि मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान नै चलाइएको थियो।


Facebook Comment


No ads found for this position