सिन्धुपाल्चोकमा फेरि पहिरो, पाँच घर पुरिए, अरनिको राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले अरनिको राजमार्ग अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका झिरफुमा शनिबार गएको पहिरोले पाँच घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।सिन्धुपाल्चोकका डिएसपी रवीन्द्र केसीका अनुसार शनिबार दिउँसो ४ बजेतिर झिरफुमा झरेको पहिरोले विशेष तामाङ, रोहित पौडेल, कुलबहादुर पौडेल, तीर्थबहादुर दमाई र श्यामबहादुर ठकुरीको घरमा क्षति पुगेको छ।यद्यपी पहिरोले कुनै मानवीय क्षति नभएको उनले बताए।

क्षतिको विवरण भोलिसम्ममा आउने डिएसपी केसीले बताए।वर्षापछि भोटेकोशीमा आएको बाढीले खाडीचौर बजारमा तामाकोशी जलविद्युत आयोजना निर्माणका निम्ति बनाइएको अस्थायी पुलमासमेत क्षति पुगेको छ।नदीले महिनौं लगाएर मर्मत गरिएका बाह्रबिसे तातोपानी सडकखण्ड भूभाग कटान गरेको छ । बाढीले तटीयक्षेत्रका आधिजस्तो जमिनसमेत बगाएको छ ।गत वर्षको बाढीले तहसनहस बनाएपछि आफ्नो थलोमा फर्किएका सीमागाउँ तातोपानी, चौकीडाँडाका बासिन्दामा कोलाहल मच्चिएको छ । बाढी गएको दश महिनापछि वर्षायाम सुरु नहुँदै कोसी बढेपछि सीमाका बासिन्दामा त्रास फैलिएको हो ।व्यापारिक केन्द्रका बजार बाह्रबिसे, लामोसाँघु खाडीचौरदेखि बलेफी, सुकुटेसम्मका बासिन्दामा बाढीको भय बनेको छ।


Facebook Comment


No ads found for this position