भक्तपुरको तेखापुखुमा आगलागी

२४ बैशाख, भक्तपुर । भक्तपुर नगरपालिकाको तेखापुखु टोलमा गएराति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । आगलागी बिहान आठ बजेसम्म पनि नियन्त्रणमा आएको छैन ।

राति करिब साढे एक बजेतिरबाट लागेको आगोले स्थानीय इन्द्र शिल्पकार, कृष्णप्रसाद शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार र पुरुषोत्तम शिल्पकारको घर जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

आगो निभाउनका लागि छेउँछाउँका घरहरु भत्काइएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा लगायतको क्षति भएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट आगो निभाउन भक्तपुरसहित काठमाडौं र ललितपुर प्रहरीका दमकल पुगेका थिए । त्यस्तै, आगो निभाउन भक्तपुर नगरपालिका र नेपाली सेनाका ट्यांकरहरु पनि प्रयोग गरिएको थियो ।तस्बिर ;रामगाेपाल तमखु


Facebook Comment


No ads found for this position