हेली एभरेष्टको हेलिकोप्टर लुक्लामा ‘फोर्स ल्याण्डिङ’

२४ बैशाख, काठमाडौं । हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा लुक्लामा ‘फोर्स ल्याण्डिङ’ गरिएको छ । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन ।

सगरमाथा आधार शिविरबाट यात्रु लिएर आएको हेलिकोप्टर फोर्स ल्याण्डिङ गरिएको हो । क्याप्टेन निश्चित केसीका अनुसार फोर्स ल्याण्डिङका क्रममा जहाजमा सामान्य क्षति भएको छ । ‘तेल बुममा क्र्याक आएको छ, अब मर्मत नगरी उडाउन मिल्दैन,’ केसीले अनलाइनखबरसँग भने ।यो हेलिकोप्टर स्वीस पाइलट ग्रेगर वियरले उडाएका थिए । हेलिकोप्टरमा ३ जना सवार थिए ।


Facebook Comment


No ads found for this position